सामाजिक सुरक्षा भत्ता बढ्ला ?  « Khabarhub

सामाजिक सुरक्षा भत्ता बढ्ला ? 



काठमाडौं– सरकारले ८ भागमा विभाजन गरेर विभिन्न वर्गलाई सामाजिक सुरक्षा भत्ता दिँदै आएको छ । जेष्ठ नागरिक, एकल र विधवा महिला, पूर्ण अपाङ्गता भएका, अति अशक्त अपाङ्गता, लोपोन्मुख आदिवासी जनजाति, बालबालिका (बाल संरक्षण अनुदान) र ७० वर्ष पूरा भएका जेष्ठ नागरिक उपचार शीर्षकमा सरकारले सामाजिक सुरक्षा खर्च गर्ने गर्छ ।

जसमध्ये जेष्ठ नागरिक भत्तामा सरकारको सबैभन्दा ठूलो खर्च हुने गरेको छ । अन्य कोषको अभ्यास अघिदेखि नै भएपनि सामाजिक सुरक्षा भत्ता भने तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीले आर्थिक वर्ष २०५१/५२ मा वृद्ध भत्ताबाट गरेका थिए ।

मनमोहनको नेतृत्वको सरकारले ज्येष्ठ नागरिकलाई मासिक १ सय रुपैयाँ वृद्ध भत्ता दिने व्यवस्था सुरु गरेको थियो । ७५ वर्ष वा सोभन्दा बढी उमेर भएका वृद्धलाई भत्ता वितरण गर्न सुरु गरेका थिए । तत्कालीन अर्थमन्त्री भरतमोहन अधिकारीले बजेटमार्फत यो कार्यक्रम घोषणा गरेका थिए । यो कार्यक्रम नेपालमा सामाजिक सुरक्षाको महत्वपूर्ण सुरुवात मानिन्छ । 

आर्थिक वर्ष ०५६/५७ कांग्रेसका अर्थमन्त्री महेश आचार्यले १०० रुपैयाँको वृद्धभत्तालाई १५० रुपैयाँ पुरयाएका थिए । त्यस्तै, ०६१/६२ मा भरतमोहन अधिकारी अर्थमन्त्री भएको बेला वृद्धभत्ता १७५ पुगेको थियो । पुष्पकमल दाहालको नेतृत्वको सरकारका पालामा अर्थमन्त्री डा. बाबुराम भट्टराईले वृद्धभत्तालाई १७५ रुपैयाँबाट एकै पटक ५०० रुपैयाँमा पुर्‍याएका थिए ।

२०७२ सालमा कांग्रेस नेतृत्वकै सरकारका तत्कालीन अर्थमन्त्री डा. रामशरण महतले ५०० रुपैयाँबाट १ हजार पुर्‍याएका थिए । त्यस्तै, ०७४/७५ मा अर्थमन्त्री विष्णु पौडेलले मासिक दुई हजार पुर्‍याए । ०७६/७७ बाट वृद्ध भत्ता मासिक ३ हजार रुपैयाँ पुर्‍याएको थियो । आर्थिक वर्ष ०७८/७९ मा फेरि सामाजिक सुरक्षा भत्ता वृद्धि गरिएको थियो, जुन अहिलेसम्म कार्यान्वयन हुँदै आएको छ ।

एकातिर राज्यकोषमा दबाब उत्पन्न भइरहेको र अर्कोतिर बजारमा महँगी बढिरहेको अवस्थामा यस पटकको बजेट भाषणमा सामाजिक सुरक्षा भत्ता बढ्ला कि नबढ्ला भन्ने चासो उत्पन्न भएको छ ।

कसले कति पाउँछन् ?

जेष्ठ नागरिक ६८ वर्ष उमेर पुगेको – ४ हजार रुपैयाँ

अन्य जेष्ठ नागरिक ६० वर्ष उमेर पुगेका साविक कर्णालीका जिल्लाहरूका नागरिक र देशभरिका दलित नागरिक – २ हजार ६६० रुपैयाँ

एकल महिला (विवाह नगरी बसेका ६० वर्ष उमेर पुगेका महिला, सम्बन्ध विच्छेद वा न्यायिक पृथकीकरण गरी, बसेका ६० वर्ष उमेर पुगेका र पतिको मृत्यु भएका ६० वर्ष उमेर पुगेका) – २ हजार ६६० रूपैयाँ

विधवा (पतिको मृत्यु भएका जुनसुकै उमेरका) – २ हजार ६६० रूपैयाँ

पूर्ण अपाङ्गता भएका (सम्बन्धित निकायबाट ‘क’ वर्ग अर्थात् रातो रंगको अपाङ्गता परिचय पत्र प्राप्त गरेका जुनसुकै उमेरका नागरिकहरू) – ३ हजार ९९० रूपैयाँ

अति अशक्त अपाङ्गता (सम्बन्धित निकायबाट ‘ख’ वर्ग अर्थात् नीलो रंगको अपाङ्गता परिचय पत्र प्राप्त गरेका जुनसुकै उमेरका नागरिकहरू) – २ हजार १८० रूपैयाँ

लोपोन्मुख आदिवासीरजनजाति (कुसुन्डा, बनकरिया, राउटे, सुरेल, हायु, राजी, किसान, लेप्चा, मेचे र कुसवडिया, पत्थरकट्टा, सिलकट, कुशवधिया, कुचबधिया)–३ हजार ९९० रूपैयाँ

बालबालिका (सरकारले तोकेका क्षेत्र तथा जिल्ला र देशभरिका दलित परिवारका पाँच वर्ष उमेर ननाघेका एक आमाबाट जन्मिएका बढीमा दुई सन्तानलाई) – ५३२ रूपैयाँ

प्रकाशित मिति : १५ जेठ २०८३, शुक्रबार  ३ : ०९ बजे

फ्रान्समा १५ वर्षमुनिका बालबालिकाका लागि सामाजिक सञ्जाल प्रतिबन्धको तयारी

पेरिस– फ्रान्सले १५ वर्षमुनिका बालबालिकाको सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाउने

सुर्खेतमा ग्यास अभाव छैन : आयल निगम

कर्णाली– नेपाल आयल निगम सुर्खेतले वीरेन्द्रनगरमा एलपी ग्यासको अभाव नभएको

ट्राफिक नियम उल्लङ्घन भएको स्वीकार गर्दै बब्लु गुप्ताले मागे माफी 

काठमाडौं– सामाजिक सञ्जालमा मोटरसाइकलको पछाडि उभिएर भिडियो बनाउँदै गरेको आफ्नो

खैरो हेरोइनसहित चारजना पक्राउ

भद्रपुर– शिशुको डाइपरभित्र लुकाएर ल्याइएको खैरो हेरोइनसहित चारजना पक्राउ परेका

झापामा सात लाख ६१ हजार मेट्रिक टन खाद्यान्न उत्पादन

झापा– जिल्लाभर गत आर्थिक वर्ष  २०८२-८३ मा सात लाख ६१