नेटो मुलुक रोमानियामा रुसी ड्रोन खस्दा दुई घाइते « Khabarhub

नेटो मुलुक रोमानियामा रुसी ड्रोन खस्दा दुई घाइते


१५ जेठ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


174
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- युक्रेन युद्धको असर नेटो सदस्य राष्ट्र रोमानियासम्म पुगेको छ । युक्रेनमाथिको रातभरको रुसी आक्रमणसँग सम्बन्धित एक ड्रोन पूर्वी रोमानियाको आवासीय भवनमा खस्दा दुई जना घाइते भएका छन् । घटनापछि रोमानियाले नेटोसँग थप एन्टी–ड्रोन सुरक्षा क्षमता तत्काल उपलब्ध गराउन आग्रह गरेको छ ।

रोमानियाको रक्षा मन्त्रालयका अनुसार ड्रोनलाई देशको हवाई क्षेत्रमा राडारमार्फत निगरानी गरिएको थियो । त्यसपछि उक्त ड्रोन पूर्वी सहर गलाटीस्थित एउटा अपार्टमेन्ट भवनको छतमाथि खस्दा आगलागी भएको थियो । घटनामा दुई जनालाई सामान्य चोट लागेको छ भने भवनका धेरै बासिन्दालाई सुरक्षित स्थानमा सारिएको छ ।

डेन्यूब नदी किनारमा रहेको गलाटी सहर मोल्दोभा र युक्रेन सीमाको नजिक पर्छ । घटनापछि प्रहरी, आपत्कालीन सेवा र अन्य निकाय तत्काल परिचालित भएका थिए । रोमानियाली सेनाले दुई वटा एफ–१६ लडाकू विमान र एउटा हेलिकप्टर परिचालनको अनुमति दिएको थियो भने स्थानीय बासिन्दालाई सतर्कता सन्देश पठाइएको थियो ।

घटनालाई रोमानियाको विदेश मन्त्रालयले अन्तर्राष्ट्रिय कानूनको गम्भीर उल्लङ्घन भनेको छ । मन्त्रालयले नेटोसँग गठबन्धनको हवाई सुरक्षालाई मजबुत बनाउन तथा एन्टी–ड्रोन प्रणालीको तीव्र आपूर्तिको मागसमेत गरेको छ । युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयनले घटनाले ‘रुसको युद्धले अर्को सीमा पार गरेको’ देखाएको टिप्पणी गरेकी छिन् ।

उनले युरोपेली भूभागको घना बस्ती भएको क्षेत्रमा रुसी ड्रोन खस्दा सर्वसाधारण घाइते भएको उल्लेख गर्दै युरोपेली सङ्घ (इयु) ले पूर्वी सीमाको सुरक्षा थप सुदृढ बनाउने र रुसविरुद्ध नयाँ प्रतिबन्ध प्याकेजको तयारी गरिरहेको जानकारी दिइन् । यसैबीच, युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले आफ्नो देशलाई थप प्याट्रियट हवाई प्रतिरक्षा प्रणाली उपलब्ध गराउन अमेरिकामाथि दबाब बढाइरहेको बताएका छन् ।

स्विडेन भ्रमणका क्रममा पत्रकारहरूसँग कुरा गर्दै उनले इरानसँग सम्बन्धित क्षेत्रीय तनावका कारण अमेरिकी हतियार भण्डार अन्यत्र मोडिँदा युक्रेनका लागि आवश्यक आपूर्ति खतरनाक रूपमा घट्दै गएको चेतावनी दिए । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले पनि युद्धको तीव्रता नियन्त्रणबाहिर जाने जोखिम रहेको भन्दै सुरक्षा परिषदलाई सचेत गराएका छन् ।

उनका अनुसार यस वर्षको पहिलो चार महिनामा विगत तीन वर्षको सोही अवधिको तुलनामा बढी सर्वसाधारणको ज्यान गएको छ । उनले तत्काल तनाव घटाउने, कूटनीतिक प्रयास बढाउने तथा पूर्ण र बिना शर्त युद्धविराम लागू गर्न आह्वान गरेका छन् ।

प्रकाशित मिति : १५ जेठ २०८३, शुक्रबार  २ : ३६ बजे

१५ वर्षीया बालिकामाथि जबरजस्ती करणीको आरोपमा बाँकेबाट एक जना पक्राउ

बाँके – १५ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा बाँके

राष्ट्रपति पौडेलद्वारा भोटो जात्रा अवलोकन

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले वर्षा र सहकालका देवता मानिने

कालीगण्डकीमा पौडी खेल्ने क्रममा डुबेर दुई जनाको मृत्यु

पाल्पा – कालीगण्डकी नदीमा पौडी खेल्ने क्रममा डुबेर दुई जनाको

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा पोखरा र लुम्बिनीमा योग प्रदर्शन

काठमाडौं- १२औँ अन्तर्राष्ट्रिय योग दिवस–२०२६ को अवसरमा नेपालस्थित भारतीय राजदूतावासले

आजका समाचार : रातो मच्छिन्द्रनाथको जात्रा समापन, रास्वपा महाधिवेशनको तयारी पूरा र युद्धविरामका बीच लेबनानमा आक्रमण

राष्ट्रपतिरा रातो मच्छिन्द्रनाथको भोटोजात्रा अवलोकनराष्ट्रपति रामचन्द्र पौडेल र र प्रधानमन्त्री