गर्मी बढेसँगै मोहीको माग बढ्दो « Khabarhub

गर्मी बढेसँगै मोहीको माग बढ्दो


१५ जेठ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

चितवन– गर्मी समय बढेसँगै यहाँको बजारमा मोहीको माग अत्यधिक बढ्दै गएको छ । बजारमा पाइने अन्य पेय पदार्थको तुलनामा स्वस्थकर हुने भएकाले पछिल्लो समय मोही पिउने  सेवाग्राहीको सङ्ख्या वृद्धि भएको छ । 

पिठुवा डेरीका व्यवस्थापक गुणराज रेग्मी गत वर्षको तुलनामा यस वर्ष मोहीको माग बढेको बताउछन् । उनले दैनिक १२० लिटर हाराहारी मोही बिक्री गर्दै आएका छन् ।

हाल जिल्लामा सहकारी र निजी क्षेत्र गरी १४ वटा उत्पादकले मोही उत्पादन गरी बिक्री गर्दै आएका छन् । मोही उत्पादक बढे पनि माग पनि उत्तिकै रहेको उनले बताए ।

पत्रकार राधेश्याम खतिवडाले मोहीको तुलना अन्य पेयपदार्थसँग तुलना नहुने जनाउँदै मोही पिउनु स्वास्थ्यका लागि राम्रो हुने बताए । 

मोही उत्पादकलाई गुणस्तरमा ध्यान दिन र नियामक निकायलाई अनुगमन गर्न उनको सुझाव छ । सुरुआतमा केही सहकारी र निजी क्षेत्रले मोही उत्पादन गरेको भए पनि अहिले उत्पादन गर्ने उद्योग बढेका छन् । मोही बिक्री हुन मौसममा भर पर्ने उनको भनाइ छ ।   

जिल्लामा दैनिक दुई हजार लिटर मोही बिक्री हुने गरेको जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घका अध्यक्ष किशोर वगालेले बताए ।

सात वटा सहकारी र सात वटा निजी डेरीले जिल्लामा मोही उत्पादन गरेर बजारमा ल्याउने गरेका छन् । उनले भने, ‘अहिले मोहीले बजारमा पाइने पेयपदार्थहरु कोक, फेन्टाहरुको बजारलाई विस्थापित गर्दै मोहीको प्रयोग बढेको छ ।’

किराना पसलदेखि हरेक पसलमा मोही बिक्री हुने गरेको छ । गर्मीमा बढ्दै जाँदा दिउँसो चियाको साटो पनि मोही पिउने गरेको पाइएको छ । जिल्लामा हुने ठूला भोज, भतेर तथा महत्त्वपूर्ण कार्यक्रममा मोहीको प्रयोग हुन थालेको छ । मोही प्रतिलिटर रु ७० मा पाइने र स्वास्थ्यका लागिसमेत फाइदाजनक हुने भएकाले माग बढेको उहाँको भनाइ छ ।

हरेक वर्ष फागुन महिनादेखि भदौसम्म मोहीको बिक्री  उल्लेखनीय रुपमा हुने गरेको छ । जिल्लामा दैनिक तीन लाख ५० हजार लिटर दूध उत्पादन हुँदै आएको छ । स्थानीय बजारमा ५० प्रतिशत दूध खपत हुँदै आएको छ भने अन्य जिल्ला जाने गरेको छ । यहाँको बजारमा जाने दूधबाट मोही बनाएर बिक्री वितरण गर्ने गरिएको छ ।

दूधको खपत राम्रो भए पनि निजी क्षेत्रका उद्योगले दूधको भुक्तानी नदिँदा मोही उत्तम विकल्प बनेको उहाँले बताउनुभयो । चितवनमा उत्पादित मोही छिमेकी जिल्लाहरूमा समेत पुग्ने गरेको छ । 

अध्यक्ष बगालेका अनुसार, नवलपरासी, लमजुङ, गोरखा, मकवानपुरलगायत जिल्लामा यहाँको उत्पादन जाने गरेको छ ।

प्रकाशित मिति : १५ जेठ २०८३, शुक्रबार  ४ : ०७ बजे

राजविराज र बोदेबरसाइनमा कर्फ्यु हट्यो, निषेधाज्ञा जारी

राजविराज– सप्तरी जिल्ला प्रशासन कार्यालयले राजविराज नगरपालिका र बोदेबरसाइन नगरपालिकाका

इराक र टर्कीबीच सेहान बन्दरगाह हुँदै तेल निर्यात गर्ने सम्झौता

बग्दाद– इराकले टर्कीसँग इराक–टर्की पाइपलाइनमार्फत कच्चा तेल टर्कीको सेहान बन्दरगाहसम्म

मोरक्कोको राष्ट्रिय दिवसमा प्रदर्शनी

काठमाडौं– मोरक्कोको राष्ट्रिय दिवसका अवसरमा यहाँस्थित उक्त मुलुकको वाणिज्य दूतावासमा सो

शान्तिको कामना गर्दै गृहमन्त्रीद्वारा पूजार्चना

जनकपुरधाम– गृहमन्त्री सुधन  गुरुङले मुलुकमा शान्ति, सद्भाव र समृद्धिको कामनाका साथ

सय बढी नक्कली उत्पादन बरामद

काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एक सयभन्दा बढी