५ वर्षभित्र शतप्रतिशत नागरिकलाई सुरक्षित र स्वस्थ खानेपानी उपलब्ध गराइने « Khabarhub

५ वर्षभित्र शतप्रतिशत नागरिकलाई सुरक्षित र स्वस्थ खानेपानी उपलब्ध गराइने


१५ जेठ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले आगामी ५ वर्षभित्र स्मार्ट वितरण प्रणालीबाट २४ घण्टा स्वच्छ पिउने पानी सुनिश्चित गराउने भएको छ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै सो बताएका हुन् ।

उनले आगामी ३ वर्षभित्र ६५ प्रतिशत र ५ वर्षभित्र शतप्रतिशत नागरिकलाई सुरक्षित र स्वस्थ खानेपानी उपलब्ध गराउने बताए । 

उनले भने, ‘खानेपानी आपूर्तिको गुणस्तर र शुल्क संरचना तथा सेवा दायित्व सुनिश्चित गर्न नियमन प्रणाली सुदृढ पारिनेछ । काठमाडौं उपत्यकामा दिगो खानेपानी सेवा सुनिश्चितताको लागि विद्यमान महसुल संरचनाको पूर्नसंरचना गरिनेछ ।’

काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्ड, काठमाडौं उपत्यका खानेपानी लिमिटेड, खानेपानी आयोजना कार्यान्वयन निर्देशनालय र खानेपानी तथा सरसफाइ सेवा महसुल निर्धारण आयोगलाई गाभी एउटै संरचना बनाइने भएको छ ।

प्रकाशित मिति : १५ जेठ २०८३, शुक्रबार  ५ : १६ बजे

ब्लकबस्टर ट्रान्सफर : एन्जो फर्नान्डेज चेल्सीबाट म्यानचेस्टर सिटीमा

काठमाडाैँ- म्यानचेस्टर सिटीले ट्रान्सफर विन्डो बन्द हुनुअघि अन्तिम समयमा ठूलो

कृष्णभीर पहिरोको समाधान- सुरुङ र बाइपास सडक

काठमाडौँ – कृष्णभीर पहिरोका कारण प्रभावित पृथ्वी राजमार्गलाई सञ्चालनमा ल्याउन

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल भदौ १७ गते बुधबार सन् २०२६

आज २०८३ साल भदौ १७ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ १७ गते बुधबार सन् २०२६