अबको तीन वर्षमा १० फुटबल र पाँच वर्षमा ८ क्रिकेट रंगशाला बनाइने « Khabarhub

अबको तीन वर्षमा १० फुटबल र पाँच वर्षमा ८ क्रिकेट रंगशाला बनाइने


१५ जेठ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- वालेन्द्र शाह नेतृत्वको सरकारले आगामी तीन वर्षमा ८ हजार क्षमताका १० वटा फ्लड लाइट जडित फुटबल रंगशालाको स्तरोन्नति गर्ने भएको छ।

संघीय संसद्को संयुक्त सदनमा आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रमुख ८ सहरमा ५ वर्षभित्र आधुनिक क्रिकेट रंगशाला पनि बनाउने घोषणा गरे।

काठमाडौं, विराटनगर, सिरहाको लहान, बुटवल, पोखरा, सुर्खेत र धनगढीको फाप्लामा २ हजार दर्शक क्षमताको इन्डोर मल्टिपर्पोज स्टेडियम तीन वर्षभित्र निर्माण गरिने वाग्लेले बताए ।

यता काठमाडौंको मूलपानी क्रिकेट रंगशाला तथा एकेडेमी, गिरिजाप्रसाद कोइराला क्रिकेट रंगशाला र फाप्ला क्रिकेट मैदानको डिजाइन पुनराअवलोकन गरी लगानी मोडालिटी बनाइने पनि उनले घोषणा गरे।

प्रकाशित मिति : १५ जेठ २०८३, शुक्रबार  ५ : २७ बजे

भोटेकोशी बाढी : यातायात महासङ्घअन्तर्गतका १९१ सवारीसाधनमा क्षति, ३४४ व्यक्ति बेपत्ता

काठमाडौँ– गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा

अठार दिनपछि कृष्णभिरको सडकमा दुईतर्फी यातायात सेवा सञ्चालन

चितवन– अठार दिनपछि पृथ्वी राजमार्गमा यातायात सेवा आजविहानदेखि पुनःसञ्चालनमा आएको

वर्षौँपछि जग्गाधनी प्रमाणपुर्जा पाउँदाको खुसी

तनहुँ– वर्षौँदेखि आफूले उपभोग गर्दै आएको जमिनको लालपुर्जा कहिले पाइएला

‘भूमिसम्बन्धी समस्या समाधानका लागि सहकार्य जरुरी’

काठमाडौँ– नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले भूमिहीन, सुकुम्वासी तथा

भोटेकोशी बाढी प्रभावितलाई काठमाडौँ विश्वविद्यालयको ८५ लाख सहयोग

काभ्रे– भोटेकोशी बाढीबाट प्रभावितको राहत तथा उद्धारका लागि काठमाडौँ विश्वविद्यालयले