गैरआवासीय नेपालीलाई दोस्रो बजारमा लगानी खुला « Khabarhub

गैरआवासीय नेपालीलाई दोस्रो बजारमा लगानी खुला


१५ जेष्ठ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सूचीकृत कम्पनीको धितोपत्र बिक्री गर्दा लाग्दै आएको पुँजीगत लाभकरलाई अन्तिम करका रूपमा व्यवस्था गरिने घोषणा गरेका छन् ।

आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत् सरकारले शेयर बजारमा लगानी गर्ने लगानीकर्तालाई कर प्रणालीमा थप सहजता दिने नीति अघि सारेको हो ।

सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आवको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वाग्लेले गैरआवासीय नेपालीलाई धितोपत्रको दोस्रो बजारमा सहभागी गराउन आवश्यक कानुनी तथा नीतिगत व्यवस्था परिमार्जन गरिने बताए ।

अर्थमन्त्री वाग्लेले विदेशी लगानी स्वीकृति, लगानीको लेखाङ्कन, नाफा फिर्ता तथा पुँजीगत लाभकरसम्बन्धी व्यवस्थालाई समयानुकूल परिमार्जन गरिने बताए ।

लामो समयदेखि शेयर लगानीकर्ताहरूले माग गर्दै आएको पुँजीगत लाभकरको विषयलाई सरकारले बजेटमार्फत सम्बोधन गरेको छ ।

प्रकाशित मिति : १५ जेष्ठ २०८३, शुक्रबार  ५ : ३४ बजे

पत्रकारको धरपकडप्रति रास्वपाको गम्भीर ध्यानाकर्षण

काठमाडाैँ – विभिन्न सञ्चारमाध्यमका पत्रकार तथा सञ्चारकर्मीमाथि भइरहेका सोधपुछ, धरपकड

पुर्जी बिना पत्रकारमाथि गरिएको धरपकडप्रति काउन्सिलको आपत्ति, तत्काल रिहा गर्न माग

काठमाडाैँ – विभिन्न सञ्चारमाध्यमका समाचार कक्षमै प्रवेश गरेर सादा पोसाकका

फिलिपिन्सको स्वशासित मुस्लिम क्षेत्रको नेतृत्वमा पूर्व विद्रोही नेता माकाकुआ

कोताबातो– किशोरावस्थामा फिलिपिन्सका राष्ट्रपति फर्डिनाण्ड मार्कोस जुनियरका बाबुसँग लडेका एक

पर्यटन प्रवर्द्धनका लागि कन्टेन्ट क्रियटरको आवेदन आह्वान

काठमाडाैँ – नेपालको प्राकृतिक सौन्दर्य, हिमाली गन्तव्य, मौलिक संस्कृति तथा