मंगलाघाटमा बस्ती संरक्षण योजना कार्यान्वयनमा « Khabarhub

मंगलाघाटमा बस्ती संरक्षण योजना कार्यान्वयनमा


१५ असार २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– म्याग्दी नदीको बाढी र कटानको जोखिममा रहेको बेनी नगरपालिका–७ मंगलाघाटमा बस्ती संरक्षण योजना कार्यान्वयनमा आएको छ । 

जलस्रोत तथा सिचाई व्यवस्थापन आयोजना कास्कीले मंगलाघाट स्थित म्याग्दी नदीको किनारमा ‘कम्पोजित’ प्रविधिको पर्खाल निर्माण गरेको हो । मंगलाघाट स्थित म्याग्दी नदीको किनारमा ५५ मिटर लामो कम्पोजित प्रविधिको पर्खाल निर्माण भएको आयोजनाका इन्जिनियर नरजङ गुरुङले बताए। 

उनका अनुसार नदी किनारको तल्लो भागमा चार मिटर अग्लो आरसीसी र माथिल्लो भागमा तीन मिटर अग्लो ग्यावीयन पर्खाल निर्माण भएको छ । योजना निर्माणका लागि निर्माण कम्पनीसँग २०८२ फागुन १० गते ९९ लाख १९ हजार दुई सय ९५ मा ठेक्का सम्झौता भएको थियो । 

यही असार १९ गतेसम्म ठेक्का सम्झौताको म्याद रहेकोमा लक्ष्य अघिनै सम्पन्न भएको हो । इन्धन र निर्माण सामग्रीको मूल्यवृद्धिका बावजुद उपकरण र मजदुर परिचालन तथा निर्माण सामग्री व्यवस्थापन गरेर समयमै योजना निर्माण गरेको व्यवसायीले बताएका छन् । 

यसअघि मंगलाघाटमा आयोजना मार्फत विभिन्न चरणमा पाँच सय मिटर भन्दा बढी लामो पर्खाल निर्माण भइसकेको छ । बेनी बजारको पश्चिमी भागमा रहेको मंगलाघाटमा दुई सय भन्दा बढी घर, सरकारी कार्यालय र कर्मचारी आवास भवन छन् । 

आयोजनाले बेनी बजारमा कटान र बाढी नियन्त्रण गर्न विगतदेखिनै आयोजना सञ्चालन भएको छ । बेनीलाई सरकारले नदी कटानका हिसाबले जोखिमयुक्त जिल्ला सदरमुकामको सूचीमा राखेको छ। 

योजनाका प्रमुख विदुर श्रेष्ठले नदी कटान र पहिरोको जोखिममा रहेका म्याग्दी, मुस्ताङ र पर्वतका १७ स्थानमा सालबसाली योजनाहरू निर्माण सम्पन्न हुने चरणमा रहेका बताए।

प्रकाशित मिति : १५ असार २०८३, सोमबार  २ : ३० बजे

वर्षा रोकिएसँगै बेनी–दरवाङ सडक मर्मत थालियो

म्याग्दी– पछिल्लो झरिका कारण प्रभावित बनेको म्याग्दीको पश्चिमी क्षेत्रका तीन

एसियाड क्वाटरफाइनल : श्रीलंकाविरुद्ध ऐतिहासिक जितको खोजीमा नेपाल

काठमाडौँ – एसियाली खेलकुद (एसियन गेम्स) क्रिकेटअन्तर्गत समूह ‘ए’ को

पहिरोले बैतडीको ढोल्यामोड–पुर्चौंडी हाट सडक अवरुद्ध

बैतडी– बैतडीको ढोल्यामोड–पुर्चौंडी हाट सडकमा यातायात सेवा पूर्ण रूपमा अवरुद्ध

कालीगण्डकीमा जलसतह कम भएसँगै विद्युत् उत्पादन सुरु गर्ने तयारी

स्याङ्जा– कालीगण्डकी–५ बेल्टारीस्थित कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजनाले आजदेखि विद्युत् उत्पादन

वर्षा सहितको हिमपातले हुम्लाको जनजीवन प्रभावित

हुम्ला– निरन्तर वर्षा एवं हिमपातले हुम्लाको जनजीवन प्रभावित भएको छ