भूकम्पपीडित भेनेजुएलालाई चीनको १० करोड युआन आपतकालीन सहायता « Khabarhub

भूकम्पपीडित भेनेजुएलालाई चीनको १० करोड युआन आपतकालीन सहायता


१५ असार २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

बेइजिङ- शक्तिशाली भूकम्पबाट ठूलो जनधनको क्षति व्यहोरेको भेनेजुएलाका लागि चीनले १० करोड युआन (करिब एक करोड ४७ लाख अमेरिकी डलर) बराबरको आपतकालीन राहत सहायता उपलब्ध गराउने घोषणा गरेको छ।

दुईवटा शक्तिशाली भूकम्पका कारण हालसम्म एक हजार ४५० भन्दा बढी मानिसको मृत्यु भएपछि चीनले राहत, उद्धार तथा पुनर्निर्माणमा सहयोग गर्ने प्रतिबद्धता जनाएको हो।

चीनको विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले सोमबार आयोजित पत्रकार सम्मेलनमा चीन सरकारले भेनेजुएलालाई निःशुल्क आपतकालीन राहत सामग्री उपलब्ध गराउने जानकारी दिए। उनका अनुसार उक्त सहायता प्रभावित क्षेत्रमा राहत वितरण, उद्धार कार्य र पुनर्निर्माण अभियानमा प्रयोग गरिनेछ।

प्रवक्ता गुओले राहत सामग्री सकेसम्म चाँडो भेनेजुएला पठाइने बताउँदै प्रभावित क्षेत्रको अवस्थाको मूल्याङ्कन तथा उद्धार कार्यलाई सहयोग गर्न चीनले स्याटेलाइट तस्बिरसमेत उपलब्ध गराइरहेको जानकारी दिनुभयो। उहाँले आवश्यकताअनुसार आगामी दिनमा पनि थप सहयोग गर्न चीन तयार रहेको उल्लेख गरे।

यसअघि चिनियाँ राष्ट्रपति सी जिनपिङले भेनेजुएलाकी अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिगेजलाई शोक सन्देश पठाउँदै भूकम्पबाट प्रभावित नागरिकप्रति गहिरो समवेदना व्यक्त गरेका थिए। उनले राहत, पुनःस्थापना र पुनर्निर्माणका कार्यमा चीनले आवश्यक सहयोग निरन्तर उपलब्ध गराउने प्रतिबद्धता पनि व्यक्त गरेका थिए।

यसैबीच, भूकम्पमा परी आठ जना चिनियाँ नागरिकको मृत्यु भएको पुष्टि भएको छ भने एक जना अझै बेपत्ता रहेको चिनियाँ सरकारी सञ्चारमाध्यमले जनाएका छन्। प्रभावित क्षेत्रमा उद्धार टोलीहरूले खोज तथा राहत कार्यलाई निरन्तरता दिएका छन्।

प्रकाशित मिति : १५ असार २०८३, सोमबार  ६ : ४५ बजे

वर्षा रोकिएसँगै बेनी–दरवाङ सडक मर्मत थालियो

म्याग्दी– पछिल्लो झरिका कारण प्रभावित बनेको म्याग्दीको पश्चिमी क्षेत्रका तीन

एसियाड क्वाटरफाइनल : श्रीलंकाविरुद्ध ऐतिहासिक जितको खोजीमा नेपाल

काठमाडौँ – एसियाली खेलकुद (एसियन गेम्स) क्रिकेटअन्तर्गत समूह ‘ए’ को

पहिरोले बैतडीको ढोल्यामोड–पुर्चौंडी हाट सडक अवरुद्ध

बैतडी– बैतडीको ढोल्यामोड–पुर्चौंडी हाट सडकमा यातायात सेवा पूर्ण रूपमा अवरुद्ध

कालीगण्डकीमा जलसतह कम भएसँगै विद्युत् उत्पादन सुरु गर्ने तयारी

स्याङ्जा– कालीगण्डकी–५ बेल्टारीस्थित कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजनाले आजदेखि विद्युत् उत्पादन

वर्षा सहितको हिमपातले हुम्लाको जनजीवन प्रभावित

हुम्ला– निरन्तर वर्षा एवं हिमपातले हुम्लाको जनजीवन प्रभावित भएको छ