सुनसरी घटनाबारे प्रचण्ड, ‘गोली चलाउनै पर्ने अवस्था थियो कि थिएन, सरकारले जवाफ दिनुपर्छ’ « Khabarhub

सुनसरी घटनाबारे प्रचण्ड, ‘गोली चलाउनै पर्ने अवस्था थियो कि थिएन, सरकारले जवाफ दिनुपर्छ’


१४ श्रावण २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुनसरीको कप्तानगञ्जमा गत आइतबार राति भएको हिंसात्मक घटनाको निष्पक्ष छानबिन गर्न सरकारसँग माग गरेका छन्।

प्रतिनिधिसभाको बिहीबार बसेको बैठकमा बोल्दै उनले बोलबम धार्मिक यात्राका क्रममा उत्पन्न विवाद दुखद घटनामा परिणत भएको उल्लेख गर्दै यसले साम्प्रदायिक विद्वेषको रूप लिन सक्ने चिन्ता व्यक्त गरे।

‘सुनसरीको कप्तानगञ्जमा बोलबमको धार्मिक यात्राका सन्दर्भमा उत्पन्न विवाद चर्किएर दुखद घटनासम्म पुग्यो। यसले कतै ठूलो साम्प्रदायिक विद्वेषको रूप लिने त होइन भन्ने चिन्ता सर्वत्र व्यक्त भइरहेको छ,’ उनले भने, ‘घटनाक्रममा सुरक्षा निकायको भूमिका के थियो? त्यहाँ त्यो स्तरको गोली चलाउनै पर्ने अवस्था थियो कि थिएन? सरकारले यसको जवाफ दिनुपर्छ।’

प्रचण्डले मुलुक असफल राष्ट्रतर्फ धकेलिने जोखिमबारे पनि चिन्ता व्यक्त गर्दै देशमा अर्को विग्रह निम्तिन सक्ने चर्चा बजारमा भइरहेको बताए। यस्तो अवस्था सिर्जना भए राष्ट्रले धान्न नसक्ने उनको भनाइ थियो।

उनले विश्वको बदलिँदो भूराजनीतिक अवस्थाले नेपालजस्ता साना र कमजोर मुलुकमाथि थप दबाब सिर्जना गर्ने खतरा रहेको उल्लेख गरे। नेपाल आफ्नो भूराजनीतिक विशिष्टताका कारण सार्वभौमिकता जोगाउन सफल भए पनि त्रिकोणात्मक शक्ति संघर्षको जोखिमबाट भने मुक्त नरहेको उनले बताए।

राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा सांसदहरूलाई सम्बोधन गर्दै प्रचण्डले वर्तमान परिस्थितिलाई गम्भीर रूपमा लिन आग्रह गरे। उनले सर्वदलीय बैठकमा पनि साम्प्रदायिक विद्वेष फैलिन नदिन र सामाजिक विभाजन बढ्न नदिन सबै दल एकमत भएको जानकारी दिए।

देशभर हत्या, हिंसा, बलात्कार, आत्महत्या र आत्मदाहका घटना बढ्दै गएको उल्लेख गर्दै उनले यस्ता घटनालाई कुनै पनि रूपमा महिमामण्डन वा प्रोत्साहन हुने गरी प्रस्तुत गर्न नहुने धारणा राखे।

प्रचण्डले राजनीतिक दलहरूले बहुमतको अहंकार प्रदर्शन गर्नु नहुने भन्दै राष्ट्रप्रतिको जिम्मेवारी, लोकतन्त्रप्रतिको प्रतिबद्धता र प्राप्त उपलब्धिको संरक्षणलाई प्राथमिकता दिनुपर्ने बताए। जनतामा निराशा र अपेक्षा दुवै रहेको उल्लेख गर्दै उनले राजनीतिक नेतृत्वले जनतालाई सकारात्मक दिशामा अघि बढ्न प्रेरित गर्नुपर्नेमा जोड दिए।

प्रकाशित मिति : १४ श्रावण २०८३, बिहीबार  १ : ४८ बजे

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन

एनपीएलमा श्रीलंकन कप्तान चरिथ असलंकाले विराटनगरबाट खेल्ने

काठमाडौं । विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो

कृष्णभीरको सडक खुलेपछि तुइनखोलामा पनि सञ्चालन

नारायणगढ – पृथ्वी राजमार्गअन्तर्गतको कृष्णभीरमा गएको पहिरोपछि खोलिएको नयाँ ट्र्याकबाट

भोटेकोशी बाढी : ३६ देशका ६०६ विदेशी पर्यटक अझै बेपत्ता

काठमाडौं – भोटेकोशीे बाढीमा परेर ३६ देशका ६०६ विदेशी पर्यटक