सरकारबारे खुश्वुको आक्रोश : नागरिकमाथि गोली बर्साएर शान्ति सुरक्षा कायम गर्न खोजेको हो ? « Khabarhub

सरकारबारे खुश्वुको आक्रोश : नागरिकमाथि गोली बर्साएर शान्ति सुरक्षा कायम गर्न खोजेको हो ?


१४ श्रावण २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सुनसरीको देवानगञ्ज गाउँपालिकास्थित कप्तानगञ्जमा आइतबार राति भएको हिंसात्मक झडप र प्रहरीको गोली लागेर नागरिकको मृत्यु भएको घटनालाई लिएर राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारको कडा आलोचना गरेको छ।

बिहीबार बसेको बैठकमा राप्रपा सांसद खुश्वु ओलीले उक्त घटनाको सम्पूर्ण सत्यतथ्य सार्वजनिक गर्न र सरकारले निष्पक्ष जवाफ दिनुपर्ने माग गरेकी छन्।

नागरिकको ज्यान जाने गरी भएको सो गम्भीर घटनामा कसको संलग्नता र कसको आदेशमा गोली प्रहार गरियो भन्ने कुरा स्पष्ट हुनुपर्ने उनले बताइन् । सांसद ओलीले सरकारको कदममाथि गम्भीर प्रश्न उठाइन्।

‘सुनसरीको कप्तानगञ्जमा गोली कसले चलाएको हो ? कसको आदेशमा सर्वसाधारणमाथि हतियार प्रहार भयो ? यो कुरा पीडित परिवार र आम जनताले स्पष्ट रूपमा जान्न पाउनुपर्छ,’ उनले भनिन्, ‘के सरकारले आफ्नै नागरिकमाथि गोली बर्साएर देशमा शान्ति सुरक्षा कायम गर्न खोजेको हो ?’

कप्तानगञ्जमा भएको झडपका क्रममा स्थानीय ओमप्रकाश मेहताको ज्यान गएको थियो। अन्य दर्जनौँ नागरिक घाइते भएको विषयमा सांसद ओलीले कडा आपत्ति जनाइन्।

शक्ति प्रयोग गरेर समस्या दबाउन खोज्नुभन्दा घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्न र पीडितलाई क्षतिपूर्ति दिन उनले सरकारको ध्यानाकर्षण गराइन्।

प्रकाशित मिति : १४ श्रावण २०८३, बिहीबार  २ : ०९ बजे

धनुषाका केही क्षेत्रमा पनि अनिश्चितकालीन कर्फ्यु

जनकपुरधाम- जिल्ला प्रशासन कार्यालय धनुषाले जिल्लाका केही संवेदनशील क्षेत्रमा अनिश्चितकालीन

दूरसञ्चार सेवामा अभूतपूर्व सुधार गर्ने सरकारको लक्ष्य छ : सञ्चारमन्त्री तिमिल्सिना

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले चालु आर्थिक वर्ष

आजको कार्टुन : प्रधानमन्त्रीको मुड !

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह जनताबाट टाढै रहन रुचाउँछन् । देशमा

जय श्रीराम र हरहर महादेव भन्दै सदनमा भाषण गरेका रहबर अन्सारीको आग्रह- धार्मिक द्वेष नफैलाऔँ

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद रहबर अन्सारीले विभिन्न

सुनसरीको तनाव मधेश प्रदेशतिर : सिरहापछि धनुषामा पनि कर्फ्यु घोषणा

काठमाडौं- सुनसरीको देवानगञ्ज गाउँपालिकास्थित कप्तानगञ्जमा आइतबार रातिदेखि सुरू भएको तनाव