देवानगञ्ज प्रकरण : गोली लागेका अर्का २२ वर्षीय युवकको उपचारका क्रममा मृत्यु  « Khabarhub

देवानगञ्ज प्रकरण : गोली लागेका अर्का २२ वर्षीय युवकको उपचारका क्रममा मृत्यु 


१४ श्रावण २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


438
Shares
  • change font
  • change font
  • change font

इनरूवा– सुनसरीको देवानगञ्ज गाउँपालिकास्थित कप्तानगञ्जमा आइतबार राति प्रहरीको गोली लागेर घाइते भएका अर्का युवकको उपचारका क्रममा मृत्यु भएको छ। अब त्यहाँको घटनामा ज्यान गुमाउने युवा दुई पुगेका छन् ।  

देवानगञ्ज गाउँपालिका-३ निवासी २२ वर्षीय जयप्रकाश मेहताको बिहीबार दिउँसो मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ । 

विराटनगरको न्यूरो अस्पतालमा उपचारका क्रममा ती युवकको ज्यान गएको मोरङ प्रहरीका सूचना अधिकारी एवम्  डीएसपी मकेन्द्रकुमार मिश्रले बताएका छन् ।

उक्त प्रकरणमा प्रहरीसहित २२ जना घाइते भएका थिए । जसमध्ये १० जना युवालाई गोली लागेको थियो । अहिले पनि गोली लागेका ८ जना युवाहरूको मोरङको विराटनगरका विभिन्न अस्पतालमा उपचार जारी रहेको छ ।

प्रकाशित मिति : १४ श्रावण २०८३, बिहिबार  २ : २९ बजे

धार्मिक आस्था र भाकलमा अडिएको सुदूरको दसैँ

दसैँ उत्सव देशभर सुरु भएको छ । सानो नेपालको ठुलो

दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल

काठमाडौँ – चाडपर्वका समयमा मासु, चिल्लो पदार्थ, मिठाई, मदिरा तथा

दसैँको शुभकामना दिँदै बालेन लेख्छन्- गाउँघर उजाडिने नियति बदल्न हातेमालो गराैँ

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले देशलाई सुशासन र समृद्धिको मार्गमा

सर्लाहीको हरिपुरमा म्याजिक र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

सर्लाही – सर्लाहीको हरिपुर नगरपालिका–८ जगतपुर स्कुलस्थित नवलपुर–मलङ्गवा सडकखण्डमा म्याजिक

धार्मिक विधि र सांस्कृतिक महत्त्व : के हो फूलपाती ?

काठमाडौँ – हिन्दू धर्मावलम्बीका लागि आश्विन शुल्क सप्तमीको दिन विशेष महत्त्व