सुनसरीको तनाव मधेश प्रदेशतिर : सिरहापछि धनुषामा पनि कर्फ्यु घोषणा « Khabarhub

सुनसरीको तनाव मधेश प्रदेशतिर : सिरहापछि धनुषामा पनि कर्फ्यु घोषणा


१४ श्रावण २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


315
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सुनसरीको देवानगञ्ज गाउँपालिकास्थित कप्तानगञ्जमा आइतबार रातिदेखि सुरू भएको तनाव अब मधेश प्रदेशतिर पनि सरेको छ।

दुई समुदायबीचको तनावलाई सरकारले समयमै सम्बोधन गर्न नसक्दा सप्तरी, सिरहा हुँदै मधेश प्रदेशको राजधानी धनुषासम्मै गम्भीर समस्या देखिएको छ।

बिहीबार सिरहाको गोलबजारसहितका क्षेत्रमा स्थानीय प्रशासनले कर्फ्यु लगाइसकेको छ। उता सिरहाको मुख्य बजार लहान क्षेत्रमा पनि दुई समुदाय प्रदर्शनमा उत्रिएका छन् ।

प्रदर्शन चर्किँदै गएपछि प्रहरीले लहान बजार क्षेत्रमा अश्रुग्यास हानेको छ, केही राउन्ड हवाई फायर पनि गरेको छ।

पत्रकार मिथिलेश यादवले आफ्नै निवासअगाडि प्रहरीले अश्रुग्यास हानेको र हवाई फायर गरेको जानकारी दिएका छन्।

उता धनुषामा प्रदर्शनले तनावको रुप लिएपछि जिल्ला प्रशासन कार्यालय धनुषाले जनकपुर उपमहानगरपालिका क्षेत्रमा दिउँसो साढे ३ बजेदेखि कर्फ्यु आदेश घोषणा गरेको छ।

धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले त्यहाँ अनिश्चितकालका लागि कर्फ्यू आदेश जारी गरेका हुन् । प्रशासनले उपमहानगरपालिकाका सम्पूर्ण क्षेत्रसहित लक्ष्मीनिया गाउँपालिका र नगरायन नगरपालिका क्षेत्र कर्फ्यु लगाएको हो ।

प्रकाशित मिति : १४ श्रावण २०८३, बिहिबार  २ : ५९ बजे

धार्मिक आस्था र भाकलमा अडिएको सुदूरको दसैँ

दसैँ उत्सव देशभर सुरु भएको छ । सानो नेपालको ठुलो

दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल

काठमाडौँ – चाडपर्वका समयमा मासु, चिल्लो पदार्थ, मिठाई, मदिरा तथा

दसैँको शुभकामना दिँदै बालेन लेख्छन्- गाउँघर उजाडिने नियति बदल्न हातेमालो गराैँ

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले देशलाई सुशासन र समृद्धिको मार्गमा

सर्लाहीको हरिपुरमा म्याजिक र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

सर्लाही – सर्लाहीको हरिपुर नगरपालिका–८ जगतपुर स्कुलस्थित नवलपुर–मलङ्गवा सडकखण्डमा म्याजिक

धार्मिक विधि र सांस्कृतिक महत्त्व : के हो फूलपाती ?

काठमाडौँ – हिन्दू धर्मावलम्बीका लागि आश्विन शुल्क सप्तमीको दिन विशेष महत्त्व