दूरसञ्चार सेवामा अभूतपूर्व सुधार गर्ने सरकारको लक्ष्य छ : सञ्चारमन्त्री तिमिल्सिना « Khabarhub

दूरसञ्चार सेवामा अभूतपूर्व सुधार गर्ने सरकारको लक्ष्य छ : सञ्चारमन्त्री तिमिल्सिना


१४ श्रावण २०८३, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले चालु आर्थिक वर्ष २०८३/८४ लाई नेपालको दूरसञ्चार सेवामा अभूतपूर्व सुधारको वर्ष बनाउने सरकारको लक्ष्य रहेको रहेको बताएका छन् । 

उनले सरकारको लक्ष प्राप्तिका लागि टेलिफोन तथा इन्टरनेट सेवाको पहुँच विस्तार एवम् गुणस्तर सुधारमा उल्लेखनीय परिवर्तन देखिने गरी काम गर्न मन्त्रालय र मातहतका निकायलाई निर्देशन दिएका छन् ।

सूचना तथा सञ्चार मन्त्रालयमा आज आयोजित गत आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकलाई सम्बोधन गर्दै मन्त्री तिमिल्सिनाले दूर दराजसम्म फोरजी सेवाको विस्तार, फाइभजी सेवाको सुरुआत, सेवाको गुणस्तर सुधार तथा नागरिकलाई प्रभावकारी सेवा प्रवाहलाई मन्त्रालयले चालु आर्थिक वर्षको प्रमुख प्राथमिकतामा राखेको स्पष्ट पारे।

सञ्चारमन्त्री तिमिल्सिनाले विगतका वर्षमा निर्धारण गरिएका लक्ष्य अपेक्षित रूपमा हासिल हुन नसकेको उल्लेख गर्दै अब परिणाम देखिने गरी काम गर्नुपर्ने समय आएको बताए ।

उनले दूरसञ्चार क्षेत्रमा सुधारका लागि आवश्यक नीतिगत, कानुनी तथा अन्तरनिकाय समन्वयमा मन्त्रालयले पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै कार्यान्वयनमा भने कुनै ढिलासुस्ती स्वीकार्य नहुनेसमेत स्पष्ट पारे ।

‘यो वर्ष टेलिफोन र इन्टरनेट सेवा सुधारको वर्ष हुनेछ । पहुँच र गुणस्तरका सवालमा हामी अभूतपूर्व परिवर्तनको लक्ष्यसहित अघि बढिरहेका छौँ । सरकारले दूरसञ्चार क्षेत्रलाई आगामी आर्थिक वर्षको सबैभन्दा महत्वाकांक्षी क्षेत्रका रूपमा लिएको छ । नेपालमा दूरसञ्चार सेवामा अभूतपूर्व विकास र प्रगति हुने वर्षका रूपमा यसलाई स्थापित गनुपर्ने जिम्मेवारीबोध सबैले गर्नुहोला,’ कर्मचारीलाई निर्देशन दिदैँ उनले भने, ‘सरकारले राखेको लक्ष्य र उद्देश्य प्राप्त नगरी बस्न कसैलाई पनि छुट छैन । फोरजी विस्तार र फाइभजी सेवा सुरु गर्ने विषयमा नतिजा हासिल गर्न नसक्ने अवस्था अब स्वीकार्य हुँदैन । म आफै हरेक दिन खटिन तयार छु । नीतिगत वा कानुनी रूपमा जे सहयोग आवश्यक पर्छ, त्यसका लागि मन्त्रालय पूर्ण रूपमा तयार छ । कुन निकायसँग कस्तो समन्वय गर्नुपर्ने हो, त्यसमा हामी सबै जिम्मेवार भएर अघि बढ्नुपर्नेछ ।’

उनले काम गर्ने संस्कृतिमा परिवर्तन आवश्यक रहेको उल्लेख गर्दै कुनै पनि कर्मचारी वा निकायलाई निष्क्रिय भएर बस्ने छुट नरहेको बताए । 

मन्त्रालय र मातहतका निकायबीच समन्वय कमजोर रहेको आफूले महसुस गरेको उल्लेख गर्दै सञ्चारमन्त्री तिमिल्सिनाले त्यसलाई तत्काल सुधार गर्न निर्देशन दिए ।

‘काम नगरेर बस्न कसैलाई पनि छुट छैन । अन्तरनिकाय सम्बन्ध र समन्वय कमजोर रहेको महसुस गरिरहेको छु । यस्तो अवस्था दोहोरिनु हुँदैन । विधि र कानुनको पूर्ण पालना गर्दै नतिजामुखी रूपमा काम गर्नुहोला,’ सञ्चारमन्त्री तिमिल्सिनाले भने, ‘हामीले परिणाम देखिने गरी काम गर्नुपर्नेछ । त्यसका लागि समग्र संरचनागत सुधार आवश्यक छ ।’ 

उनले विगतका कमजोरीबाट पाठ सिकेर अगाडि बढ्नुपर्ने आवश्यकता औँल्याउँदै सरकारी सेवाप्रति नागरिकबाट आउने गुनासो घटाउन कार्यसम्पादन सुधार अपरिहार्य रहेको बताए ।

‘एक दिन मात्र गम्भीर भएर समस्याको समाधान हुँदैन । हरेक दिन आफ्नो जिम्मेवारी सम्झेर काम गर्नुहोला । हामी सबै प्रतिबद्ध भएर कार्यसम्पादन प्रभावकारी बनाउनुपर्नेछ । उपलब्ध स्रोत, साधन र क्षमताको अधिकतम उपयोग गर्न सके मात्रै नागरिकले सरकारी काममा परिवर्तन महसुस गर्न सक्छन्,’ उनले भने ।

बैठकमा सञ्चारमन्त्री तिमिल्सिनाले मन्त्रालय तथा मातहतका निकायको कमजोर पुँजीगत खर्च र कार्यान्वयन क्षमताप्रति पनि असन्तुष्टि व्यक्त गरे । 

सम्बन्धित निकायले आफैं समाधान गर्न सक्ने विषय मन्त्रालयस्तरीय समितिसम्म पुग्नु व्यवस्थापकीय कमजोरी भएको उल्लेख गर्दै समयमै समस्या समाधान गर्ने कार्यसंस्कृति विकास गर्नसमेत निर्देशन दिए । रासस

प्रकाशित मिति : १४ श्रावण २०८३, बिहीबार  ३ : ३६ बजे

कप्तानगञ्ज तनाव मधेशतिर फैलिएपछि गृहमन्त्री सुनसरी जाँदै

काठमाडौं– सुनसरीको देवानगञ्ज गाउँपालिकास्थित कप्तानगञ्जबाट दुई समुदायबीच फैलिएको तनावको पाँच

सप्तरीमा सर्वदलीय बैठक : सामाजिक सद्भाव कायम राख्न आग्रह

जनकपुरधाम– सप्तरीमा आज बसेको सर्वदलीय तथा सरोकारवालाको बैठकले सामाजिक सद्भाव,

सिरहाको गोलबजारमा ज्यान गुमाएका युवकको घाँटीमै गोली

काठमाडौं- प्रहरीले गत आइतबार सुनसरीको देवानगञ्जमा अपनाएकै तरिकाको प्रयोग सिरहाको

विपक्षीले जवाफ माग्दा सदन नै स्थगित

काठमाडौं– देशमा भएको पछिल्लो राजनीतिक अवस्थाको विषयमा प्रधानमन्त्री बालेन्द्र शाहसँग

सामाजिक सद्भाव र शान्ति कायम गर्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह

काठमाडौं- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले देशका विभिन्न भागमा विकास भइरहेका पछिल्ला