मनिष झाले आफ्नै सरकारको आलोचना गर्दै भने : सुरक्षा संवेदनशीलतालाई सम्बोधन गर्न सकेन « Khabarhub

मनिष झाले आफ्नै सरकारको आलोचना गर्दै भने : सुरक्षा संवेदनशीलतालाई सम्बोधन गर्न सकेन


१४ श्रावण २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सांसद मनिष झाले सुरक्षा संवेदनशीलतालाई संघीय सरकारले पर्याप्त रुपमा सम्बोधन गर्न नसकेको बताएका छन् । 

बिहीबार संसद भवन सिंहदरबारमा सञ्चारकर्मीसंग कुरा गर्दै सांसद झाले मधेशका विभिन्न स्थानमा देखिएको घटनाको संकेत राम्रो नदेखिएको भन्दै यस्तो अवस्थामा संघीय सरकारले सुरक्षा संवेदनशीलतालाई पर्याप्त रुपमा सम्बोधन गर्न नसकेको बताएका हुन् ।

सुनसरीमा भएको घटनापछि  राज्यको सक्रियता, तदारुकता पर्याप्त रुपमा नभएको आभास भएको उनको भनाइ छ ।  

उनले सुनसरी घटनामा ओम प्रकाश मेहताको मृत्युपछि उनको परिवारले पाउनुपर्ने सान्त्वना, क्षतिपूर्ति र सम्मानजनक दाहसंस्कार जस्ता विषयमा राज्यको सक्रियता र तदारुकतामा कमजोरी देखिएको उल्लेख गरे ।  

मधेस प्रदेशका सांसदहरूले रास्वपा सभापति रवि लामिछानेसँग भेटेर मधेशको सुरक्षा संवेदनशीलताको अवस्थाका बारेमा जानकारी गराइएको उनले जानकारी दिए । 

प्रकाशित मिति : १४ श्रावण २०८३, बिहीबार  ३ : ५८ बजे

सिरहामा भदौ २४ कै दृश्य : प्रदर्शनकारीले लगाइदिए एबी मलमा आगो

काठमाडौं- सिरहाको गोलबजारमा प्रहरीको गोलीबाट एकजना युवकको मृत्यु भएपछि तनाव

सभापति लामिछानेले थाले कोशी र मधेसका सांसदसँग छलफल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले देशको पछिल्लो समसामयिक

सुनसरी घटनाको पाँच दिनपछि देशबासीलाई सम्बोधन गर्दै प्रधानमन्त्री

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले सुनसरीमा तनाव सुरू भएको पाँच दिनपछि

‘अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्ने विधेयक’ स्वीकृत

काठमाडौं– ‘अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्ने विधेयक,

कप्तानगञ्ज तनाव मधेशतिर फैलिएपछि गृहमन्त्री सुनसरी जाँदै

काठमाडौं– सुनसरीको देवानगञ्ज गाउँपालिकास्थित कप्तानगञ्जबाट दुई समुदायबीच फैलिएको तनावको पाँच