सुनसरी घटनाबारे पूर्वराजाले भने : सबै नेपाली मिलौँ, अहिलेको आवश्यकता यही हो « Khabarhub

सुनसरी घटनाबारे पूर्वराजाले भने : सबै नेपाली मिलौँ, अहिलेको आवश्यकता यही हो


१४ श्रावण २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पूर्वराजा ज्ञानेन्द्र वीरविक्रम शाहदेवले सुनसरीमा भएको साम्प्रदायिक तनावप्रति दुःख व्यक्त गर्दै नेपालीबीचको आपसी सद्भाव, सहिष्णुता र सामाजिक एकता कायम राख्न सबैलाई आह्वान गरेका छन्।

निर्मल निवासबाट बिहीबार जारी गरेको सद्भाव सन्देशमा उनले नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषतायुक्त मुलुक भएकाले यही विविधताले विश्वमा नेपालको पहिचान र सम्मान स्थापित गरेको उल्लेख गरेका छन्।

‘हामी नेपालीहरू नेपाल निर्माणको सुरुवातदेखि नै परस्पर मिलिजुली, हाँसीखुसी र एकअर्काप्रति माया–प्रेम गाँसेर बसेका जातजाति हौं,’ सन्देशमा भनिएको छ, ‘यही विशिष्ट धार्मिक, सांस्कृतिक र सामाजिक गुणका कारण विश्वमा हाम्रो सम्मान रहेको छ। यो नेपाली विशेषता र गौरवलाई गुम्न दिनु हुँदैन, यसमा कसैले पनि खलल पुर्‍याउनु हुँदैन।’

पूर्वराजा ज्ञानेन्द्रले केही दिनअघि सुनसरीका केही गाउँबस्तीमा भड्किएको आपसी द्वन्द्व र विवादका कारण जनधनको क्षति भएको तथा त्यसको प्रभाव कोशी क्षेत्र र तराईका विभिन्न स्थानसम्म फैलिएकोप्रति दुःख व्यक्त गरेका छन्।

नेपाल सामाजिक सद्भाव र समुदायबीचको मेलमिलापका लागि परिचित देश भएको उल्लेख गर्दै उनले यस्ता अवाञ्छित घटना मुलुकको मौलिक मूल्य र मान्यताविपरीत रहेको बताएका छन्।

सन्देशको उनले देशका जुनसुकै भूभागमा रहेका नेपालीहरूबीच एकता, मेलमिलाप र सद्भाव कायम राख्न आग्रह गर्दै भनेका छन्, ‘जुनसुकै भूभागमा रहे पनि हामी सबै नेपाली मिलौं। यही आजको आवश्यकता हो।’

प्रकाशित मिति : १४ श्रावण २०८३, बिहिबार  ४ : ०७ बजे

धार्मिक आस्था र भाकलमा अडिएको सुदूरको दसैँ

दसैँ उत्सव देशभर सुरु भएको छ । सानो नेपालको ठुलो

दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल

काठमाडौँ – चाडपर्वका समयमा मासु, चिल्लो पदार्थ, मिठाई, मदिरा तथा

दसैँको शुभकामना दिँदै बालेन लेख्छन्- गाउँघर उजाडिने नियति बदल्न हातेमालो गराैँ

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले देशलाई सुशासन र समृद्धिको मार्गमा

सर्लाहीको हरिपुरमा म्याजिक र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

सर्लाही – सर्लाहीको हरिपुर नगरपालिका–८ जगतपुर स्कुलस्थित नवलपुर–मलङ्गवा सडकखण्डमा म्याजिक

धार्मिक विधि र सांस्कृतिक महत्त्व : के हो फूलपाती ?

काठमाडौँ – हिन्दू धर्मावलम्बीका लागि आश्विन शुल्क सप्तमीको दिन विशेष महत्त्व