राष्ट्रिय एकता र सद्भाव कायम गर्न प्रधानमन्त्रीले आवश्यक समन्वय गर्नुपर्छ : वर्षमान पुन « Khabarhub

राष्ट्रिय एकता र सद्भाव कायम गर्न प्रधानमन्त्रीले आवश्यक समन्वय गर्नुपर्छ : वर्षमान पुन


१४ श्रावण २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का नेता वर्षमान पुनले देशमा राष्ट्रिय एकता र सद्भाव कायम गर्न प्रधानमन्त्रीले आवश्यक समन्वय गर्नुपर्ने बताएका छन् । 

बिहीबार संसद् भवन सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै नेता पुनले राष्ट्रिय एकता र सद्भाव कायम गर्नका लागि प्रधानमन्त्रीले नै सर्वदलीय बैठक बोलाएर नेतृत्व र समन्वय गर्नुपर्ने बताएका हुन् ।

उनले राष्ट्रिय र संवेदनशील विषयमा सत्तापक्ष र प्रतिपक्ष भन्ने नहुने उल्लेख गरे । नेपालको बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विविधतालाई सम्मान गर्दै सबै जाति र समुदायबीच आपसी सद्भाव कायम राख्न उनले अपिल गरे ।

देशको वर्तमान भूराजनीतिक अवस्था र सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै सरकार थप गम्भीर बन्नुपर्ने आवश्यकता देखिएको उनले बताए । 

उनले संसद् चलिरहेको अवस्थामा प्रधानमन्त्री र गृहमन्त्रीले संसदमा उपस्थित भएर जनतालाई समग्र विषयमा जानकारी गराउनुपर्ने धारणा राखे । 

प्रकाशित मिति : १४ श्रावण २०८३, बिहीबार  ४ : ३० बजे

भारतद्वारा नेपाललाई १० टन राहत सामग्री हस्तान्तरण

काठमाडौं– भारतले बाढी प्रभावित नेपालका लागि पहिलो चरणमा १० टन

रसुवा बाढी अपडेट : मृतकको संख्या १५७ पुग्यो, २८ प्रहरी अझै सम्पर्कविहीन

काठमाडाैं – रसुवामा आएको भीषण बाढीपछि २८ जना प्रहरी कर्मचारी

सरकारको निर्देशनविपरीत गृहमन्त्रीकाे संस्थाले‍ बाढीपीडितको नाममा उठाउन थाल्यो सहयाेग

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ जोडिएको ‘हामी नेपाल’ नामक गैरसरकारी

रसुवाको बाढी प्रभावित क्षेत्र नजिकै ५.२ म्याग्निच्युडको भूकम्प

काठमाडौं – रसुवामा भीषण बाढी आएर जनधनको ठूलो क्षति भइरहेका

रसुवा बाढी : नेपाली सेनाले रातभर उद्धार र खोजी जारी राख्ने

काठमाडाैं – नेपाली सेनाले आज रातभर पनि रसुवाको भोटेकोशी नदीमा