कप्तानगञ्ज तनाव मधेशतिर फैलिएपछि गृहमन्त्री सुनसरी जाँदै « Khabarhub

कप्तानगञ्ज तनाव मधेशतिर फैलिएपछि गृहमन्त्री सुनसरी जाँदै


१४ श्रावण २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


261
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सुनसरीको देवानगञ्ज गाउँपालिकास्थित कप्तानगञ्जबाट दुई समुदायबीच फैलिएको तनावको पाँच दिनपछि गृहमन्त्री सुधन गुरूङले काठमाडौं छाड्ने भएका छन्।

यसअघि आफ्ना पीए जेम्स कार्कीलाई पठाएर आफू काठमाडौंमै बसेका उनी बिहीबार अपराह्न सुनसरी जान लागेका हुन् ।

सुनसरीबाट फैलिएको दुई समुदायको तनाव मधेश प्रदेशभर पुगेपछि प्रधानमन्त्री वालेन्द्र शाहले बिहीबार गृहमन्त्रीलाई सुनसरीतर्फ पठाउने निर्णय गरेका हुन्।

यसअघि बिहीबार दिउँसो वालेन्द्रले गृहमन्त्री गुरुङसहित राष्ट्रिय सुरक्षा समितिको बैठक राखेका थिए । उक्त बैठकले देशभर बिग्रिएको शान्ति सुरक्षाको अवस्था सम्हाल्न विशेष पहल गर्ने निर्णय गरेको थियो ।

गृहमन्त्री गुरुङ सुनसरीस्थित देवानगञ्ज गाउँपालिका–३ स्थित कप्तानगञ्ज नै पुग्ने भएका छन्। मन्त्री गुरुङसँगै स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहता पनि जाँदैछिन् । उनी यसअघि पनि कप्तानगञ्ज नै पुगेकी थिइन्।

मन्त्री गुरुङले गत साउन १० गते सुनसरीमा भएको झडपमा मृत्यु भएका ओमप्रकाश मेहता र जयप्रकाश मेहताका परिवारसँग भेट गर्ने कार्यक्रम रहेको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

बुधबार मात्रै प्रधानमन्त्री बालेन र गृहमन्त्री सुधनले दुवै प्रहरीका आईजीपीसँग संवाद गरेका थिए । उक्त संवादका क्रममा दुवै आईजीपीले सुनसरीबाट सुरू भएको तनाव बन्दुकबाट नभई संवादबाटै समाधान गर्नुपर्ने बताएका थिए ।

तर सुधन र बालेनले दुवै गृहमन्त्रीलाई गोली कसले चलाएको मात्रै भनेर सोधेका थिए । दुवैजना समाधानतिर भन्दा गोली चलाएका मानिस खोज्नेतिर केन्द्रित हुँदा सुनसरीको तनाव अब मधेशभर सल्किएको छ। सिरहाको गोलबजारमा २० वर्षीय युवक गणेश यादव बिहीबार मारिएका छन् ।

प्रकाशित मिति : १४ श्रावण २०८३, बिहीबार  ४ : ५७ बजे

भारतद्वारा नेपाललाई १० टन राहत सामग्री हस्तान्तरण

काठमाडौं– भारतले बाढी प्रभावित नेपालका लागि पहिलो चरणमा १० टन

रसुवा बाढी अपडेट : मृतकको संख्या १५७ पुग्यो, २८ प्रहरी अझै सम्पर्कविहीन

काठमाडाैं – रसुवामा आएको भीषण बाढीपछि २८ जना प्रहरी कर्मचारी

सरकारको निर्देशनविपरीत गृहमन्त्रीकाे संस्थाले‍ बाढीपीडितको नाममा उठाउन थाल्यो सहयाेग

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ जोडिएको ‘हामी नेपाल’ नामक गैरसरकारी

रसुवाको बाढी प्रभावित क्षेत्र नजिकै ५.२ म्याग्निच्युडको भूकम्प

काठमाडौं – रसुवामा भीषण बाढी आएर जनधनको ठूलो क्षति भइरहेका

रसुवा बाढी : नेपाली सेनाले रातभर उद्धार र खोजी जारी राख्ने

काठमाडाैं – नेपाली सेनाले आज रातभर पनि रसुवाको भोटेकोशी नदीमा