सभापति लामिछानेले थाले कोशी र मधेसका सांसदसँग छलफल « Khabarhub

सभापति लामिछानेले थाले कोशी र मधेसका सांसदसँग छलफल


१४ श्रावण २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले देशको पछिल्लो समसामयिक घटनाको अवस्थाका विषयमा कोशी र मधेस प्रदेशका सांसदहरूसँग छलफल गरेका छन् । 

रविका सचिवालय सदस्य अविनाश आचार्यका अनुसार अहिले रविले सांसदहरूसँग छलफल गरिरहेका छन् । 

आइतबारबाट सुनसरीमा दुई पक्षबीच झडप भएपछि पाँच दिनसम्म स्थिति सामान्य बन्न सकेको छैन। सुनसरीसँगै कोशी र मधेसका विभिन्न जिल्लाहरूमा दुई पक्षबीच झडप भइरहेको छ। अहिले विभिन्न जिल्लाहरूमा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा तीन जनाको मृत्यु भइसकेको छ।

अहिले भर्खरै मात्र सिराहामा पनि प्रहरीको गोली लागेर एक जनाको मृत्यु भयो।

प्रधानमन्त्री बालेन्द्र शाह छलफल र संवादमा ननिस्किँदा रविले विभिन्न व्यक्तिहरूसँग संवाद र छलफल गरिरहेका छन्।

प्रकाशित मिति : १४ श्रावण २०८३, बिहीबार  ५ : १० बजे

विद्यालयमा महिनावारी स्वास्थ्य शिक्षा प्रभावकारी बनाउन जोड

काठमाडौं – विद्यालय शिक्षा प्रणालीमा महिनावारी स्वास्थ्य शिक्षालाई व्यवस्थित रूपमा

सरकारले प्रदेशको अधिकार उच्च प्राथमिकतामा राखेको छ : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री वालेन्द्र शाहले आफ्नो नेतृत्वको सरकारले प्रदेशहरूको सशक्तीकरण

फ्रान्स छोड्न आदेशपछि रूसी टिप्पणीकारको विरोध

पेरिस– क्रेमलिन समर्थक प्रचारप्रसार गरेको आरोपमा फ्रान्स छोड्न आदेश दिइएकी

युक्तको शव निकालियो, निम्सदाइसहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर

काठमाडौं- पाकिस्तानको हिमाल ब्रोड पिकमा शुक्रबार उद्धार अभियान अस्थायी रूपमा