कुवेतको चिनियाँ कम्पनीमा इरानी आक्रमण : एकजना नेपालीको मृत्यु « Khabarhub

कुवेतको चिनियाँ कम्पनीमा इरानी आक्रमण : एकजना नेपालीको मृत्यु


१४ श्रावण २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


384
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पश्चिम एसिया युद्धको असर वैदेशिक रोजगारीमा रहेका नेपालीमा पनि परिरहेको छ। उक्त युद्धका कारण बिहीबार बिहान कुवेतमा एकजना नेपालीको मृत्यु भएको छ ।

बिहीबार बिहान उत्तरी कुवेतमा इरानले गरेको आक्रमणमा परेर ती नेपालीको मृत्यु भएको हो । परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीका अनुसार चालकका रुपमा कार्यरत नेपालीको मृत्यु भएको छ ।

घटनाको विस्तृत विवरण आइनसकेको उनले बताएका छन् । घटनाबारे विस्तृत विवरण उपलब्ध गराउन नेपाली राजदूतावास, कुवेतलाई निर्देशन दिइसकिएको उनले बताए ।

कुवेतको रक्षा मन्त्रालयले बिहीबार इरानको आक्रमणबाट देशको उत्तरी क्षेत्रमा रहेको एक चिनियाँ कम्पनीको भवनमा प्रहार हुँदा ती नेपाली कामदारको मृत्यु भएको पुष्टि गरेको छ । उक्त भवनमा ठूलो भौतिक क्षति पुगेको छ।

मन्त्रालयका आधिकारिक प्रवक्ता साउद अल अतवानका अनुसार घटनापछि सम्बन्धित निकायले तत्काल आपत्कालीन उद्धार तथा सुरक्षा उपाय लागू गर्दै अन्य सरकारी निकायसँग समन्वय गरेका थिए।

मन्त्रालयले आक्रमणको थप विवरण वा मृत्यु हुने कामदारको परिचय सार्वजनिक गरेको छैन। अल अतवानले कुवेती सशस्त्र बल उच्च सतर्कतामा रहेको बताएका छन्।

मुलुकको सार्वभौमिकता, सुरक्षा तथा स्थायित्वको रक्षा गर्न आफ्नो जिम्मेवारी निरन्तर निर्वाह गरिरहेको उनले बताए। उनले नागरिक र विदेशी बासिन्दाको सुरक्षाका लागि सुरक्षा निकायबीच घनिष्ठ समन्वय भइरहेको पनि जानकारी दिए।

प्रकाशित मिति : १४ श्रावण २०८३, बिहीबार  ५ : ५१ बजे

चितवनमा तीन हजार ३६२ मतदाता घटे

नारायणगढ (चितवन)- जिल्ला निर्वाचन कार्यालय, चितवनले मतदाता नामावली अद्यावधिक गर्ने

वाग्मती सफाइ महाअभियान ७०० औँ हप्तामा

काठमाडौं– चौध वर्षअघिदेखि सुरु भएको वाग्मती सफाइ महाअभियान ७००औँ हप्तामा

भौतिकसँगै संरचनागत विकासले फेरिँदै च्याङ्ग्रे क्षेत्र

भोजपुर– भौतिक तथा पर्यटकीय संरचना निर्माणले भोजपुरको च्याङ्ग्रे पोखरी र

नागरिकको विश्वास जित्नेगरी पार्टीलाई रूपान्तरण गर्ने सभापति थापाको प्रतिबद्धता

काठमाडौं- नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले नागरिकको विश्वास जित्नेगरी

भारतमा दर्जनौँ विपक्षी नेता, सयौँ प्रदर्शनकारी पक्राउ

काठमाडौं- भारतमा दर्जनौँ विपक्षी नेताहरु पक्राउ परेका छन् । प्रमुख