कुवेतको चिनियाँ कम्पनीमा इरानी आक्रमण : एकजना नेपालीको मृत्यु « Khabarhub

कुवेतको चिनियाँ कम्पनीमा इरानी आक्रमण : एकजना नेपालीको मृत्यु


१४ श्रावण २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


384
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पश्चिम एसिया युद्धको असर वैदेशिक रोजगारीमा रहेका नेपालीमा पनि परिरहेको छ। उक्त युद्धका कारण बिहीबार बिहान कुवेतमा एकजना नेपालीको मृत्यु भएको छ ।

बिहीबार बिहान उत्तरी कुवेतमा इरानले गरेको आक्रमणमा परेर ती नेपालीको मृत्यु भएको हो । परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीका अनुसार चालकका रुपमा कार्यरत नेपालीको मृत्यु भएको छ ।

घटनाको विस्तृत विवरण आइनसकेको उनले बताएका छन् । घटनाबारे विस्तृत विवरण उपलब्ध गराउन नेपाली राजदूतावास, कुवेतलाई निर्देशन दिइसकिएको उनले बताए ।

कुवेतको रक्षा मन्त्रालयले बिहीबार इरानको आक्रमणबाट देशको उत्तरी क्षेत्रमा रहेको एक चिनियाँ कम्पनीको भवनमा प्रहार हुँदा ती नेपाली कामदारको मृत्यु भएको पुष्टि गरेको छ । उक्त भवनमा ठूलो भौतिक क्षति पुगेको छ।

मन्त्रालयका आधिकारिक प्रवक्ता साउद अल अतवानका अनुसार घटनापछि सम्बन्धित निकायले तत्काल आपत्कालीन उद्धार तथा सुरक्षा उपाय लागू गर्दै अन्य सरकारी निकायसँग समन्वय गरेका थिए।

मन्त्रालयले आक्रमणको थप विवरण वा मृत्यु हुने कामदारको परिचय सार्वजनिक गरेको छैन। अल अतवानले कुवेती सशस्त्र बल उच्च सतर्कतामा रहेको बताएका छन्।

मुलुकको सार्वभौमिकता, सुरक्षा तथा स्थायित्वको रक्षा गर्न आफ्नो जिम्मेवारी निरन्तर निर्वाह गरिरहेको उनले बताए। उनले नागरिक र विदेशी बासिन्दाको सुरक्षाका लागि सुरक्षा निकायबीच घनिष्ठ समन्वय भइरहेको पनि जानकारी दिए।

प्रकाशित मिति : १४ श्रावण २०८३, बिहिबार  ५ : ५१ बजे

जापानमा पानी जहाजमा आगलागी, पाँच जनाको उद्धार एक बेपत्ता

टोकियो– जापानको दक्षिणी प्रिफेक्चर ओकिनावास्थित मियाको टापु नजिकै शुक्रबार एउटा

प्रेसविरोधी कार्य सैह्य छैन: पत्रकार महासंघ

काठमाडाैँ – प्रकाशित समाचारलाई लिएर पत्रकार धम्क्याउने व्यक्तिलाई कानुनी कारबाही

बाढीपहिरोको जोखिम बढेपछि कान्ति राजमार्गमा दुईदिन रात्रिकालीन सवारी आवागमन बन्द

हेटौँडा– अविरल वर्षाका कारण बाढीपहिरोको जोखिम बढेपछि मकवानपुर हुँदै काठमाडौँ

मिठाइ व्यवसायीलाई लेबलिङ गरेर बेचबिखन गर्न आग्रह

बाँके– नेपालगञ्ज आसपासका बजारमा रहेका मिठाइ व्यवसायीलाई लेबलिङ गरेर बेचबिखन गर्न

मिडिया हाउसमाथि हस्तक्षेपको शैलीले सुशासनको खिल्ली उडाएको जेनजी अभियन्ता बमको आरोप

काठमाडाैँ – जेनजी अभियन्ता रक्षा बमले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)