फ्लड लाइटको उज्यालोमा रातभर चल्दैछ त्रिशूली–३ ‘ए’मा फसेकाको उद्धार प्रयास « Khabarhub

फ्लड लाइटको उज्यालोमा रातभर चल्दैछ त्रिशूली–३ ‘ए’मा फसेकाको उद्धार प्रयास


१४ भाद्र २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


285
Shares
  • change font
  • change font
  • change font

रसुवा – प्रतिकूल मौसम र रातको अँध्यारोका बीच बाढीका कारण माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा फसेका मानिसहरूको उद्धार प्रयास जारी छ।

अविरल वर्षा र कठिन भौगोलिक परिस्थितिका बीच नेपाली सेनासहितको उद्धार टोली रातभर घटनास्थलमा खटिएर खोज तथा उद्धार कार्यमा जुटेको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ ।

रातको अँध्यारो र प्रतिकूल मौसमका कारण उत्पन्न जोखिमलाई कम गर्न घटनास्थलमा उच्च क्षमताका फ्लडलाइट जडान गरिएको छ।

फ्लडलाइटको उज्यालोमा उद्धार तथा खोजी कार्य निरन्तर भइरहेको छ।

घटनास्थलमा थुप्रिएको पहिरो र माटो पन्छाउन जेसीबीसहितका भारी एक्स्काभेटर परिचालन गरिएको छ।

एक्स्काभेटरको प्रयोगबाट बाटो खोल्ने तथा पुरिएका सम्भावित स्थानसम्म पुग्ने प्रयास भइरहेको छ।

उद्धार टोलीले अत्याधुनिक ‘सर्च क्यामेरा’ र विशेष मोनिटरको प्रयोग गरी सुरुङभित्र तथा सम्भावित स्थानमा सूक्ष्म रूपमा खोजी गरिरहेको छ।

यसैगरी, प्राविधिक टोलीहरू आपत्कालीन उद्धार उपकरण र प्राथमिक उपचार सामग्रीसहित घटनास्थलमा खटिएका छन्। ।

विभिन्न उद्धार टोलीबीच स्थलगत समन्वय गर्दै उद्धार कार्यलाई निरन्तरता दिइएको छ।

प्रकाशित मिति : १४ भाद्र २०८३, आइतबार  २ : ०३ बजे

सडक भासिँदा पृथ्वी राजमार्गमा सवारी आवागमन प्रभावित (तस्बिर)

चितवन– लगातारको वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिकाका विभिन्न

काङ्ग्रेसले आज देशभरका अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन गर्दै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अधिकांश जिल्लाका सङ्घीय निर्वाचन क्षेत्र

सगरमाथादेखि समुद्रसम्मको जलवायु जोखिम सम्बोधन गर्न सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ– नेपालले हिमालदेखि समुद्रसम्म जोडिएको जलवायु जोखिमलाई एकीकृत रूपमा सम्बोधन

भोटेकोशी बाढीले पुल बगाएपछि रसुवा, नुवाकोट र धादिङको आवतजावत अस्तव्यस्त (तस्बिर)

काठमाडौँ– गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको भीषण बाढीले

कोशी ब्यारेजमा पानीको बहाव बढ्यो, ४३ ढोका खोलियो

विराटनगर– सप्तकोशी नदीमा पानीको बहाव बढेपछि कोशी ब्यारेजका ५६ मध्ये