भोटेकोशीमा फेरि बाढी : रसुवा, नुवाकोट र धादिङमा सतर्कता अपनाउन अपिल « Khabarhub

भोटेकोशीमा फेरि बाढी : रसुवा, नुवाकोट र धादिङमा सतर्कता अपनाउन अपिल


१४ भाद्र २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


183
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – रसुवास्थित भोटेकोशी नदीमा फेरि बाढीको बहाव एक्कासि बढेको छ। नदीमा बाढीको ठूलो आवाज सुनिएको भन्दै जिल्ला प्रहरी कार्यालय रसुवाले पूर्वसूचना जारी गरेपछि बाढी पूर्वानुमान महाशाखाले तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन अपिल गरेको छ।

महाशाखाका अनुसार रसुवा, नुवाकोट र धादिङ भएर बहने भोटेकोशी तथा त्रिशूली नदी आसपासका तटीय क्षेत्रका बासिन्दालाई हाललाई सुरक्षित र सजग रहन आग्रह गरेको छ।

बिहान ४:३१ बजे प्राप्त सूचनाका आधारमा महाशाखाले नदी किनारका स्थानीयलाई सुरक्षित स्थानतर्फ सर्न र सतर्कता अपनाउन सूचित गरेको हो।

जिल्ला प्रहरी कार्यालय रसुवाले परिस्थिति निगरानी गरिरहेको र घटनाबारे थप पुष्टि हुनासाथ विस्तृत विवरण सार्वजनिक गरिने जनाएको छ।

जल तथा मौसम विज्ञान विभाग र बाढी पूर्वानुमान महाशाखाले नदीको जलसतह लगातार अनुगमन गरिरहेका छन्। यसअघि भद्र १० गतेको बाढीले ठुलो र अकल्पनीय क्षति गरिसेकेको छ ।

प्रकाशित मिति : १४ भाद्र २०८३, आइतबार  ५ : ३८ बजे

म्याग्दीको पन्थोक र जुग्जामा राष्ट्रिय प्रसारण लाइनको विद्युत् विस्तार

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–५ देवीस्थानका पन्थोक र जुग्जामा राष्ट्रिय प्रसारण

अमेरिकाद्वारा बाढीपीडितका लागि ३६ लाख डलरभन्दा बढी अतिरिक्त सहायता घोषणा

वाशिङ्टन डिसी– अमेरिकी सरकारले नेपालका बाढीपीडितका लागि ३६ लाख अमेरिकी

काभ्रेमा ‘हाटबजार’को लहर, किसानलाई बजारीकरणमा सहजता

काभ्रे– करिब अढाई वर्षअघि बनेपा नगरपालिकाले पहिलोपटक शुक्रबारे हाटबजार सुरु

बाढीको जोखिम घटेसँगै नारायणगढ-पोखरा र काठमाडौँ सडक खुल्यो

काठमाडौँ – रसुवामा बाढी-पहिरोको जोखिम घटेसँगै नारायणगढ-मुग्लिन तथा मुग्लिन-पोखरा/काठमाडौँ सडक

भोटेकोशीमा पानी घट्यो : रसुवा, नुवाकोट र धादिङमा बाढीको खतरा टर्‍यो

काठमाडाैँ – उत्तरी रसुवाको भोटेकोशी नदीमा बाढीको बहाव बढेको खबरपछि