श्रम संस्कृति पार्टीको आरोप : भीमप्रसाद उपाध्यायले क्युआर कोड तोडमोड गरेर भ्रम फैल्याए « Khabarhub

श्रम संस्कृति पार्टीको आरोप : भीमप्रसाद उपाध्यायले क्युआर कोड तोडमोड गरेर भ्रम फैल्याए


१४ भाद्र २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– श्रम संस्कृति पार्टीले नेपाल सरकारका पूर्वसचिव भीमप्रसाद उपाध्यायले आफ्नो फेसबुकमार्फत पार्टीको बैंक खातासँग सम्बन्धित क्युआर कोड तोडमोड गरी बदनाम गरेको आरोप लगाएको छ ।

श्रम संस्कृतिले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका नाममा पार्टीले रकम संकलन गरिरहेको भन्ने भ्रमपूर्ण सूचना सम्प्रेषण गरेको उपाध्यायमाथि आरोप लगाइएको हो ।

पार्टीका महासचिव आरेन राईले विज्ञप्ति जारी गर्दै उपाध्यायले सामाजिक सञ्जालमार्फत सम्प्रेषण गरेको सूचना तथ्यहीन, भ्रामक तथा वास्तविकताभन्दा फरक रहेको स्पष्ट पारेका छन् ।

श्रम संस्कृति पार्टीले ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’को नाममा आफ्नो पार्टीको बैंक खाताको क्युआर कोडमार्फत रकम संकलन गरेको भन्ने आरोपको स्पष्ट रूपमा खण्डन गरेको छ। पार्टीले आम नागरिक तथा आफ्ना शुभेच्छुकलाई त्यस्ता भ्रामक सूचनाबाट भ्रमित नहुन आग्रह गरेको छ।

विज्ञप्तिमा पूर्वसचिव उपाध्यायले पार्टीविरुद्ध तथ्यहीन तथा भ्रामक सूचना निरन्तर रूपमा सामाजिक सञ्जालमार्फत सम्प्रेषण गर्दै आएको दाबीसमेत गरिएको छ।

यस्ता गतिविधिबाट पार्टीको प्रतिष्ठामा असर पार्ने र जनमानसमा भ्रम सिर्जना गर्ने प्रयास भएको भन्दै पार्टीले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

श्रम संस्कृति पार्टीले घटनाबारे आवश्यक कदम चाल्ने चेतावनीसमेत दिएको छ । अहिले राहत कोषको क्युआर श्रम संस्कृति र राष्ट्रिय स्वतन्त्र पार्टीका नाममा पनि बनाएर ठगी भइरहेको गुनासो आएको छ ।

प्रकाशित मिति : १४ भाद्र २०८३, आइतबार  ७ : ४० बजे

सडक भासिँदा पृथ्वी राजमार्गमा सवारी आवागमन प्रभावित (तस्बिर)

चितवन– लगातारको वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिकाका विभिन्न

काङ्ग्रेसले आज देशभरका अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन गर्दै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अधिकांश जिल्लाका सङ्घीय निर्वाचन क्षेत्र

सगरमाथादेखि समुद्रसम्मको जलवायु जोखिम सम्बोधन गर्न सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ– नेपालले हिमालदेखि समुद्रसम्म जोडिएको जलवायु जोखिमलाई एकीकृत रूपमा सम्बोधन

भोटेकोशी बाढीले पुल बगाएपछि रसुवा, नुवाकोट र धादिङको आवतजावत अस्तव्यस्त (तस्बिर)

काठमाडौँ– गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको भीषण बाढीले

कोशी ब्यारेजमा पानीको बहाव बढ्यो, ४३ ढोका खोलियो

विराटनगर– सप्तकोशी नदीमा पानीको बहाव बढेपछि कोशी ब्यारेजका ५६ मध्ये