तनहुँ– नेपाल रेडक्रस सोसाइटी तनहुँ जिल्ला शाखाले भोटेकोशी बाढीपीडितको सहयोगार्थ एक लाख दुई हजार ८३ प्रदान गरेको छ ।
शाखाले जिल्ला प्रशासन कार्यालयसँगको समन्वयमा शव व्यवस्थापनका लागि निःशुल्क एम्बुलेन्स सेवाका साथै शव व्यवस्थापनका निम्ति आवश्यक पर्ने सामग्री पनि हस्तान्तरण गरेको शाखाका सभापति कृष्णप्रसाद गौतमले जानकारी दिए ।
तनहुँ रेडक्रसले आफू मातहतका पालिका शाखा, उपशाखा तथा जुनियर र युवा रेडक्रस सर्कललाई विपद्का बेला गर्नुपर्ने आफ्नो दायित्वबाट विमुख नहुन अनुरोध गरेको छ ।












प्रतिक्रिया