भोटेकोशी बाढीमा भोजपुरका चार जना सम्पर्कविहीन « Khabarhub

भोटेकोशी बाढीमा भोजपुरका चार जना सम्पर्कविहीन


१४ भाद्र २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

भोजपुर– भोटेकोशी बाढीपछि भोजपुरका चार जना सम्पर्कविहीन भएका छन् । रोजगारीका सिलसिलामा रसुवा पुगेका उनीहरू बाढीपछि परिवार तथा आफन्तको सम्पर्कमा नआएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख ज्ञानबहादुर खड्काका अनुसार रसुवाको मैलुङस्थित सैनिक पोष्टमा कार्यरत टेम्केमैयुङ गाउँपालिका–९ का ३१ वर्षीय प्रभाकर दङ्गाल, दुसन हाइड्रोपावर कम्पनीमा कार्यरत भोजपुर नगरपालिका–७ का ५९ वर्षीय गोविन्द राई, सोही हाइड्रोपावरमा कार्यरत षडानन्द नगरपालिका–९ किमालुङका ४७ वर्षीय निमा लाक्पा शेर्पा र तुनवी कन्स्ट्रक्सन रसुवामा कार्यरत पौवादुङमा गाउँपालिका–५ सानोदुम्माका ६६ वर्षीय गोपी राई सम्पर्कविहीन भएका हुन् ।

भोटेकोशी बाढीपछि विभिन्न क्षेत्रमा कार्यरत उनीहरू हालसम्म परिवार तथा आफन्तको सम्पर्कमा नआएको प्रहरीले जनाएको छ । सम्पर्कविहीन उनीहरूको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : १४ भाद्र २०८३, आइतबार  ८ : ३७ बजे

भारतद्वारा ११ टन राहत सामग्रीसहित चौथो विमान नेपाल पठाइयो

काठमाडौँ – बाढीपहिरो प्रभावित नेपालका लागि भारत सरकारले थप ११

रसुवा बाढी: ७३४ शव फेला, २४ सय बढी अझै सम्पर्कविहीन

काठमाडौँ – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट क्षति पुगेका

बाढीप्रभावितलाई ‘होल्डिङ सेन्टर’मै राहत सामग्री

नुवाकोट– जिल्ला विपद् व्यवस्थापन समितिले भोटेकोशी बाढीबाट प्रभावितलाई होल्डिङ सेन्टरमै

त्रिशूली ३ ‘ए’ मा छिचोलियो टनेल: अक्सिजन र लाइट पठाइयो, आज मानिस छिर्ने प्वाल बनाइँदै

काठमाडौँ – रसुवा र नुवाकोटको सीमामा रहेको त्रिशूली ३ ‘ए’

बाढीप्रभावित क्षेत्रमा अनुमतिविना ड्रोन उडाउन रोक, अटेर गरे कारबाही हुने

काठमाडौँ – राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बाढीप्रभावित