चीनले नेपाललाई राहत सामग्री पठायो, दुई सैन्य विमान काठमाडौँमा अवतरण « Khabarhub

चीनले नेपाललाई राहत सामग्री पठायो, दुई सैन्य विमान काठमाडौँमा अवतरण


१४ भाद्र २०८३, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- रसुवाको भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकका लागि चीनले अत्यावश्यक राहत सामग्री नेपाल पठाएको छ।

चीनको वायुसेनाका दुईवटा वाई–२० (वाई-२०) ठूलो क्षमताका सैन्य कार्गो विमान आइतबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एकपछि अर्को अवतरण गरेका छन्।

आइतबार बिहान करिब ७ बजे काठमाडौँ आइपुगेका ती दुई विमानमा गरी १३ हजार २०० थान अत्यावश्यक राहत सामग्री रहेको जनाइएको छ।

चीनले बाढी तथा विपद् प्रभावितका लागि पहिलो चरणमा दुईवटा सैन्य कार्गो विमानमार्फत राहत सामग्री पठाएको हो।

यसबाहेक अर्को विमान पनि राहत सामग्री लिएर सिचुआन प्रान्तको राजधानी छङ्तुबाट काठमाडौँका लागि प्रस्थान गरिसकेको बताइएको छ।

यसअघि चीनले सुरुङ उद्धार तथा प्राविधिक कार्यमा विशेषज्ञता भएका दुई टोली नेपाल पठाएको थियो।

जलविद्युत आयोजनाका सुरुङ तथा भूमिगत संरचनामा बाढीका कारण फसेका व्यक्तिको खोज तथा उद्धारमा ती टोली परिचालन भएका छन्।

रसुवास्थित माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत आयोजनाको सुरुङमा फसेका व्यक्तिको उद्धारका लागि नेपाली सुरक्षाकर्मी तथा प्राविधिक टोलीसँगै चीन र भारतबाट आएका विशेषज्ञ टोलीसमेत परिचालित छन्।

चीनले नेपाललाई राहत सामग्रीसँगै २० लाख अमेरिकी डलर नगद सहायता उपलब्ध गराउने घोषणा यसअघि नै गरिसकेको छ।

चीनको सहयोग बाढी प्रभावित क्षेत्रमा जारी खोज, उद्धार तथा राहत अभियानलाई थप प्रभावकारी बनाउन केन्द्रित रहेको बताइएको छ।

भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएको छ। बाढीले जलविद्युत आयोजना, बस्ती, सडक तथा अन्य महत् पूर्ण पूर्वाधारमा व्यापक क्षति पुर्‍याएको छ।

प्रकाशित मिति : १४ भाद्र २०८३, आइतबार  ८ : ५३ बजे

सडक भासिँदा पृथ्वी राजमार्गमा सवारी आवागमन प्रभावित (तस्बिर)

चितवन– लगातारको वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिकाका विभिन्न

काङ्ग्रेसले आज देशभरका अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन गर्दै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अधिकांश जिल्लाका सङ्घीय निर्वाचन क्षेत्र

सगरमाथादेखि समुद्रसम्मको जलवायु जोखिम सम्बोधन गर्न सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ– नेपालले हिमालदेखि समुद्रसम्म जोडिएको जलवायु जोखिमलाई एकीकृत रूपमा सम्बोधन

भोटेकोशी बाढीले पुल बगाएपछि रसुवा, नुवाकोट र धादिङको आवतजावत अस्तव्यस्त (तस्बिर)

काठमाडौँ– गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको भीषण बाढीले

कोशी ब्यारेजमा पानीको बहाव बढ्यो, ४३ ढोका खोलियो

विराटनगर– सप्तकोशी नदीमा पानीको बहाव बढेपछि कोशी ब्यारेजका ५६ मध्ये