कृष्णभीरमा बाटो भासिएपछि पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध « Khabarhub

कृष्णभीरमा बाटो भासिएपछि पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध

नारायणगढ-काठमाडौँ सडक खण्ड बन्द


१४ भदौ २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ — धादिङको बेनीघाट रोराङ गाउँपालिका-७ स्थित कृष्णभीरमा बाढीका कारण सडक भासिएपछि पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ।

जिल्ला प्रहरी कार्यालय चितवनले सूचना जारी गर्दै नारायणगढ-काठमाडौँ सडक खण्डमा दुवैतर्फको यातायात आवागमन ठप्प भएको जनाएको छ। बाटो भासिएपछि नारायणगढबाट काठमाडौँतर्फ जाने र काठमाडौँबाट आउने सबै किसिमका सवारी साधनहरू अर्को सूचना नआएसम्मका लागि रोकिएका छन्।

प्रहरीले जोखिमयुक्त स्थानमा यात्रा नगर्न, सम्बन्धित निकायको निर्देशन पालना गर्न र सुरक्षालाई पहिलो प्राथमिकता दिन सर्वसाधारणमा अपिल गरेको छ।

सडक विभाग र स्थानीय प्रशासनको टोलीले अवरुद्ध राजमार्ग सञ्चालनमा ल्याउने प्रयास गरिरहेको भए पनि निरन्तरको जोखिमका कारण यात्रा नगर्न प्रहरीले आग्रह गरेको छ।

प्रकाशित मिति : १४ भदौ २०८३, आइतबार  ९ : ०२ बजे

नोबेल शान्ति पुरस्कार नपाएपछि ट्रम्पले भने : नर्वे वास्तवमै फोहोर राज्य बन्यो

पोर्ट ह्युरन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नर्वेका आप्रवासीलाई अमेरिकामा

विदेश पठाउन लागिएको एक हजार प्याकेट चुरोट बरामद

काठमाडौं – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्स भवनबाट आवश्यक कागजपत्रबिना

स्थानीय फूललाई प्राथमिकता दिनुपर्छ : महामन्त्री पौडेल

तनहुँ – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले तिहारमा स्वदेशमै उत्पादन

बसको ठक्करबाट महिलाको मृत्यु

पाल्पा – बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

दसैँमा सवारी दुर्घटनाबाट १२४ जनाको मृत्यु, दुई हजार ९८८ घाइते

काठमाडौं – दसैँको अवधिमा देशभर भएका सवारी दुर्घटनामा परी १२४