कृष्णभीरमा बाटो भासिएपछि पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध « Khabarhub

कृष्णभीरमा बाटो भासिएपछि पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध

नारायणगढ-काठमाडौँ सडक खण्ड बन्द


१४ भाद्र २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ — धादिङको बेनीघाट रोराङ गाउँपालिका-७ स्थित कृष्णभीरमा बाढीका कारण सडक भासिएपछि पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ।

जिल्ला प्रहरी कार्यालय चितवनले सूचना जारी गर्दै नारायणगढ-काठमाडौँ सडक खण्डमा दुवैतर्फको यातायात आवागमन ठप्प भएको जनाएको छ। बाटो भासिएपछि नारायणगढबाट काठमाडौँतर्फ जाने र काठमाडौँबाट आउने सबै किसिमका सवारी साधनहरू अर्को सूचना नआएसम्मका लागि रोकिएका छन्।

प्रहरीले जोखिमयुक्त स्थानमा यात्रा नगर्न, सम्बन्धित निकायको निर्देशन पालना गर्न र सुरक्षालाई पहिलो प्राथमिकता दिन सर्वसाधारणमा अपिल गरेको छ।

सडक विभाग र स्थानीय प्रशासनको टोलीले अवरुद्ध राजमार्ग सञ्चालनमा ल्याउने प्रयास गरिरहेको भए पनि निरन्तरको जोखिमका कारण यात्रा नगर्न प्रहरीले आग्रह गरेको छ।

प्रकाशित मिति : १४ भाद्र २०८३, आइतबार  ९ : ०२ बजे

भारतद्वारा ११ टन राहत सामग्रीसहित चौथो विमान नेपाल पठाइयो

काठमाडौँ – बाढीपहिरो प्रभावित नेपालका लागि भारत सरकारले थप ११

रसुवा बाढी: ७३४ शव फेला, २४ सय बढी अझै सम्पर्कविहीन

काठमाडौँ – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट क्षति पुगेका

बाढीप्रभावितलाई ‘होल्डिङ सेन्टर’मै राहत सामग्री

नुवाकोट– जिल्ला विपद् व्यवस्थापन समितिले भोटेकोशी बाढीबाट प्रभावितलाई होल्डिङ सेन्टरमै

त्रिशूली ३ ‘ए’ मा छिचोलियो टनेल: अक्सिजन र लाइट पठाइयो, आज मानिस छिर्ने प्वाल बनाइँदै

काठमाडौँ – रसुवा र नुवाकोटको सीमामा रहेको त्रिशूली ३ ‘ए’

बाढीप्रभावित क्षेत्रमा अनुमतिविना ड्रोन उडाउन रोक, अटेर गरे कारबाही हुने

काठमाडौँ – राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बाढीप्रभावित