भारतद्वारा ११ टन राहत सामग्रीसहित चौथो विमान नेपाल पठाइयो « Khabarhub

भारतद्वारा ११ टन राहत सामग्रीसहित चौथो विमान नेपाल पठाइयो

सुरुङ उद्धार उपकरण र 'बेली ब्रिज'सहित भारतको थप सहयोग


१४ भदौ २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – बाढीपहिरो प्रभावित नेपालका लागि भारत सरकारले थप ११ टन राहत तथा उद्धार सामग्री पठाएको छ। भारतीय वायुसेनाको विमानमार्फत चौथो खेपको राहत सामग्री काठमाडौँ ल्याइएको भारतीय विदेश मन्त्रालयले जनाएको छ।

विदेश मन्त्रालयका अनुसार पठाइएको सामग्रीमा जलविद्युत् आयोजनाका सुरुङभित्र फसेका व्यक्तिको खोज तथा उद्धारका लागि आवश्यक उपकरणसहितको प्राविधिक टोली, डीएनए परीक्षणका लागि फरेन्सिक विशेषज्ञ तथा उपकरणहरू समावेश छन्। त्यसैगरी प्रभावितका लागि कम्बल, स्लिपिङ ब्याग, त्रिपाल, प्लास्टिक सिट र हाइजिन किटलगायतका राहत सामग्री पनि ल्याइएको छ।

नेपालमा क्षतिग्रस्त सडक सञ्जाल पुनःसञ्चालनका लागि २३० फिट लामो सिंगल लेन मोड्युलर स्टिल ब्रिजका उपकरण बोकेका १६ वटा भारतीय ट्रक नेपाल पुगिसकेका छन्। थप सात वटा बेली ब्रिज र तिनको जडानका लागि प्राविधिक टोली चाँडै नेपाल आइपुग्ने भारतले जनाएको छ।

यससँगै भारतले हवाई माध्यमबाट हालसम्म कुल ६८.५ टन राहत तथा उद्धार सामग्री नेपाल पुर्‍याइसकेको छ, जसमा औषधि, जेनेरेटर, खाद्य सामग्री र पानी शुद्धीकरण ट्याब्लेटहरू रहेका छन्। भारत सरकारले नेपालमा जारी खोज, उद्धार तथा राहत अभियानमा सहयोग निरन्तर रहने प्रतिबद्धता जनाएको छ।

प्रकाशित मिति : १४ भदौ २०८३, आइतबार  १० : ३४ बजे

मुलुकलाई जोगाउन आन्दोलनको विकल्प छैन: अध्यक्ष ओली

काठमाडाैँ – नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

परराष्ट्रमन्त्री खनालसँग नेपालका लागि फ्रान्सका राजदूत पुइगिन्जाको शिष्टाचार भेट

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि फ्रान्सकी नवनियुक्त राजदूत

गैरदलीय निर्वाचन र प्रवासको मतदान अधिकारको मागसहित उज्यालो नेपाल पार्टी निर्वाचन आयोग जाँदै

काठमाडाैँ – उज्यालो नेपाल पार्टीले गैरदलीय स्थानीय निर्वाचनको व्यवस्था गर्न

बाँकेमा कालानमक धानको संरक्षण गरिँदै

बाँके– सुगन्धित र स्वादिलो कालानमक जातको धानको बाँकेमा संरक्षण गर्न

हेटौँडाको बस्ती विकास इतिहासको साक्षी वनदेवी मन्दिर

बागमती– नागस्वतीस्थित वनदेवी मन्दिर हेटौँडाको बस्ती विकाससँग जोडिएको महत्वपूर्ण सम्पदास्थल हो