भारतद्वारा ११ टन राहत सामग्रीसहित चौथो विमान नेपाल पठाइयो « Khabarhub

भारतद्वारा ११ टन राहत सामग्रीसहित चौथो विमान नेपाल पठाइयो

सुरुङ उद्धार उपकरण र 'बेली ब्रिज'सहित भारतको थप सहयोग


१४ भाद्र २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – बाढीपहिरो प्रभावित नेपालका लागि भारत सरकारले थप ११ टन राहत तथा उद्धार सामग्री पठाएको छ। भारतीय वायुसेनाको विमानमार्फत चौथो खेपको राहत सामग्री काठमाडौँ ल्याइएको भारतीय विदेश मन्त्रालयले जनाएको छ।

विदेश मन्त्रालयका अनुसार पठाइएको सामग्रीमा जलविद्युत् आयोजनाका सुरुङभित्र फसेका व्यक्तिको खोज तथा उद्धारका लागि आवश्यक उपकरणसहितको प्राविधिक टोली, डीएनए परीक्षणका लागि फरेन्सिक विशेषज्ञ तथा उपकरणहरू समावेश छन्। त्यसैगरी प्रभावितका लागि कम्बल, स्लिपिङ ब्याग, त्रिपाल, प्लास्टिक सिट र हाइजिन किटलगायतका राहत सामग्री पनि ल्याइएको छ।

नेपालमा क्षतिग्रस्त सडक सञ्जाल पुनःसञ्चालनका लागि २३० फिट लामो सिंगल लेन मोड्युलर स्टिल ब्रिजका उपकरण बोकेका १६ वटा भारतीय ट्रक नेपाल पुगिसकेका छन्। थप सात वटा बेली ब्रिज र तिनको जडानका लागि प्राविधिक टोली चाँडै नेपाल आइपुग्ने भारतले जनाएको छ।

यससँगै भारतले हवाई माध्यमबाट हालसम्म कुल ६८.५ टन राहत तथा उद्धार सामग्री नेपाल पुर्‍याइसकेको छ, जसमा औषधि, जेनेरेटर, खाद्य सामग्री र पानी शुद्धीकरण ट्याब्लेटहरू रहेका छन्। भारत सरकारले नेपालमा जारी खोज, उद्धार तथा राहत अभियानमा सहयोग निरन्तर रहने प्रतिबद्धता जनाएको छ।

प्रकाशित मिति : १४ भाद्र २०८३, आइतबार  १० : ३४ बजे

सडक भासिँदा पृथ्वी राजमार्गमा सवारी आवागमन प्रभावित (तस्बिर)

चितवन– लगातारको वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिकाका विभिन्न

काङ्ग्रेसले आज देशभरका अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन गर्दै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अधिकांश जिल्लाका सङ्घीय निर्वाचन क्षेत्र

सगरमाथादेखि समुद्रसम्मको जलवायु जोखिम सम्बोधन गर्न सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ– नेपालले हिमालदेखि समुद्रसम्म जोडिएको जलवायु जोखिमलाई एकीकृत रूपमा सम्बोधन

भोटेकोशी बाढीले पुल बगाएपछि रसुवा, नुवाकोट र धादिङको आवतजावत अस्तव्यस्त (तस्बिर)

काठमाडौँ– गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको भीषण बाढीले

कोशी ब्यारेजमा पानीको बहाव बढ्यो, ४३ ढोका खोलियो

विराटनगर– सप्तकोशी नदीमा पानीको बहाव बढेपछि कोशी ब्यारेजका ५६ मध्ये