भोटेकोशी बाढी : काभ्रेपलाञ्चोकबाट ३६ लाख सहयोग « Khabarhub

भोटेकोशी बाढी : काभ्रेपलाञ्चोकबाट ३६ लाख सहयोग


१४ भदौ २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काभ्रेपलाञ्चोक– भोटेकोशी बाढीप्रभावितको उद्धार, राहत तथा पुनः स्थापनाका लागि काभ्रेपलाञ्चोकका विभिन्न निकायले ३६ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन् ।

चौँरीदेउराली गाउँपालिकाले १० लाख, रोशी गाउँपालिकाले १० लाख, नेपाली कांग्रेस काभ्रेपलाञ्चोक जिल्ला समितिले ११ लाख र बनेपास्थित अच्युतानन्द ज्योतिष आयुर्वेद औषधालयले पाँच लाख सहयोग गर्ने भएका हुन् ।

चौँरीदेउराली गाउँपालिकाले जनप्रतिनिधि, कर्मचारी तथा गाउँपालिकाको विपद् व्यवस्थापन कोषबाट उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उपलब्ध गराउने निर्णय गरेको हो । 

रोशी गाउँपालिकाले जनप्रतिनिधिको सात दिन बराबरको सेवासुविधा तथा कर्मचारी र शिक्षकको एक दिनको पारिश्रमिकबाट नौ लाख ७० हजार सात सय तथा विपद् व्यवस्थापन कोषबाट २९ हजार दुई सय गरी १० लाख उक्त कोषमा जम्मा गर्ने निर्णय गरेको अध्यक्ष दिनेश लामाले जानकारी दिए ।

यसैगरी, नेपाली कांग्रेस जिल्ला समितिले नेता तथा कार्यकर्ताबाट सङ्कलित ११ लाख पार्टीको केन्द्रीय विपद् व्यवस्थापन कोषमार्फत सम्बन्धित निकायमा पठाउने जिल्ला सभापति तीर्थ लामाले बताए । 

अच्युतानन्द ज्योतिष आयुर्वेद औषधालयले पनि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु पाँच लाख सहयोग गरेको छ ।

यसैबीच, भोटेकोशी बाढीका क्रममा विभिन्न काम तथा भ्रमणका सिलसिलामा रहेका काभ्रेपलाञ्चोकका ३९ जना नागरिक सम्पर्कविहीन रहेको जिल्ला प्रशासन कार्यालय धुलिखेलले जनाएको छ । 

जिल्लाका ४७ जना बेपत्तामध्ये आठ जना परिवारको सम्पर्कमा आएको कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : १४ भदौ २०८३, आइतबार  १२ : २२ बजे

उत्तर यमनमा साउदी हवाई आक्रमणमा १४ जनाको मृत्यु, १० घाइते

साना – यमनको उत्तरी प्रान्त अल–जौफमा बुधबार भएको साउदी हवाई

पोखरा स्कुल बस दुर्घटना : प्राविधिक खराबी र तीव्र गति

कास्की – पोखरा महानगरपालिका–२८ माझठानास्थित ओख्लेमा गत असोज २३ गते

सरकारद्वारा साइबर सुरक्षा एड्भाइजरी जारी

काठमाडौं – राष्ट्रिय साइबर सुरक्षा केन्द्रले साइबर सुरक्षा एड्भाइजरी गरेको

भौतिक पूर्वाधार निर्माणका लागि चीनद्वारा उपकरण प्रदान

ताप्लेजुङ – चीन सरकारको अनुदान सहयोगस्वरूप ताप्लेजुङको मेरिङदेन गाउँपालिकालाई स्काभेटर

कुरियरमार्फत ल्याइएको गाँजासहित दुई भारतीय पक्राउ

काठमाडौं – लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले अमेरिकाबाट कुरियरमार्फत ल्याइएको