भोटेकोशी बाढी : त्रिशूली–३ आयोजनाको सुरुङको प्रवेशद्वार खोज्दै विशेषज्ञ टोली « Khabarhub

भोटेकोशी बाढी : त्रिशूली–३ आयोजनाको सुरुङको प्रवेशद्वार खोज्दै विशेषज्ञ टोली


१४ भाद्र २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रसुवास्थित भोटेकोशीमा आएको बाढीका कारण त्रिशूली–३ जलविद्युत् आयोजनाको सुरुङमा फसेका व्यक्तिको उद्धारको प्रयास जारी छ ।

नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त फौज तथा विशेषज्ञ टोलीले ड्रिलिङ मेसिन, स्काभेटर, हाइड्रोलिक कटरलगायत सामग्रीको प्रयोग गरी सुरुङको प्रवेशद्वार पत्ता लगाउने काम गरिरहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
 
उक्त सुरुङमा फसेका व्यक्तिको उद्धारका लागि यही भदौ १२ गतेदेखि सुरक्षाफौजले त्यस क्षेत्रमा निरन्तर प्रयास जारी राखेको छ । 

गए राति सो क्षेत्रमा वर्षा र भोटेकोशीमा बाढी बढेपछि उद्धारका काम केही समय रोकिएको थियो ।
 
बाढीको बहाव कम भएसँगै पुनः उद्धारका काम सुरु भएको सेनाले जनाएको छ । उद्धार टोलीमा विशेषज्ञसहित ९३ जना संलग्न छन् ।
 
प्रभावित जिल्लामा करिब आठ हजार ४०० सयभन्दा बढी फौज खटिई समन्वयात्मक रूपमा काम गरिरहेको सेनाले जनाएको छ । 

यसैबीच, सेनाले आज बिहान ११ बजेसम्म टिमुरे, धुञ्चे र हाकुबेँसी इलाकाबाट चार चिनियाँ नागरिकसहित १८३ जनाको उद्धार गरेको छ ।

प्रकाशित मिति : १४ भाद्र २०८३, आइतबार  १२ : ५० बजे

सडक भासिँदा पृथ्वी राजमार्गमा सवारी आवागमन प्रभावित (तस्बिर)

चितवन– लगातारको वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिकाका विभिन्न

काङ्ग्रेसले आज देशभरका अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन गर्दै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अधिकांश जिल्लाका सङ्घीय निर्वाचन क्षेत्र

सगरमाथादेखि समुद्रसम्मको जलवायु जोखिम सम्बोधन गर्न सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ– नेपालले हिमालदेखि समुद्रसम्म जोडिएको जलवायु जोखिमलाई एकीकृत रूपमा सम्बोधन

भोटेकोशी बाढीले पुल बगाएपछि रसुवा, नुवाकोट र धादिङको आवतजावत अस्तव्यस्त (तस्बिर)

काठमाडौँ– गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको भीषण बाढीले

कोशी ब्यारेजमा पानीको बहाव बढ्यो, ४३ ढोका खोलियो

विराटनगर– सप्तकोशी नदीमा पानीको बहाव बढेपछि कोशी ब्यारेजका ५६ मध्ये