प्रविधिको प्रयोग गर्दै शव खोजीमा नयाँ गोरख गण, ७२ शव निकालियो (तस्बिरहरू) « Khabarhub

प्रविधिको प्रयोग गर्दै शव खोजीमा नयाँ गोरख गण, ७२ शव निकालियो (तस्बिरहरू)


१४ भाद्र २०८३, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

चितवन– प्रविधिको प्रयोग गर्दै चितवन राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएको नयाँ गोरख गणको टोली विपद्को समयमा शव खोजी तथा उद्धार कार्यमा सक्रिय बनेको छ ।

गणपति राजेन्द्र बानियाँको नेतृत्वमा खटिएको नयाँ गोरख गणको टोलीले यस क्षेत्रमा हालसम्म ७२ वटा शव निकाल्न सफल भएको जनाएको छ। 

विपद्का कारण बेपत्ता भएका तथा नदी–खोलामा बगेका व्यक्तिको खोजीका लागि नेपाली सेनाले उपलब्ध प्रविधि र जनशक्तिको प्रभावकारी प्रयोग गर्दै खोजी तथा उद्धार कार्यलाई तीव्रता दिएको हो।

चितवन राष्ट्रिय निकुञ्जको संरक्षण तथा सुरक्षामा नियमित रूपमा खटिँदै आएको नयाँ गोरख गणले विपद्को समयमा समेत स्थानीय नागरिकको उद्धार, शव खोजी तथा व्यवस्थापनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ।

निकुञ्ज संरक्षणसँगै विपद्मा परेका नागरिकको उद्धार र मानवीय सेवामा समेत सेना जनताको साथमा रहेको सन्देश नयाँ गोरख गणको सक्रियताले दिएको छ।

 तस्बिर : प्रकाश चन्द तिमिल्सेना/ नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : १४ भाद्र २०८३, आइतबार  १ : १६ बजे

काङ्ग्रेसले आज देशभरका अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन गर्दै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अधिकांश जिल्लाका सङ्घीय निर्वाचन क्षेत्र

सगरमाथादेखि समुद्रसम्मको जलवायु जोखिम सम्बोधन गर्न सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ– नेपालले हिमालदेखि समुद्रसम्म जोडिएको जलवायु जोखिमलाई एकीकृत रूपमा सम्बोधन

भोटेकोशी बाढीले पुल बगाएपछि रसुवा, नुवाकोट र धादिङको आवतजावत अस्तव्यस्त (तस्बिर)

काठमाडौँ– गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको भीषण बाढीले

कोशी ब्यारेजमा पानीको बहाव बढ्यो, ४३ ढोका खोलियो

विराटनगर– सप्तकोशी नदीमा पानीको बहाव बढेपछि कोशी ब्यारेजका ५६ मध्ये

समूह विजेता बन्दै नेपाल एसियन गेम्सको अघिल्लो चरणमा : क्वाटरफाइनलमा श्रीलंकासँग भिड्ने

काठमाडौँ – एसियन गेम्स क्रिकेट अन्तर्गत समूह ‘ए’को विजेता बन्दै