केरूङमा उद्धार र राहतका लागि चीनले लगायो सबै शक्ति, मृतकको संख्या १६ पुग्दा ५४६ जना अझै बेपत्ता « Khabarhub

केरूङमा उद्धार र राहतका लागि चीनले लगायो सबै शक्ति, मृतकको संख्या १६ पुग्दा ५४६ जना अझै बेपत्ता


१४ भाद्र २०८३, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

ग्यिरोङ, चीन- चीनको क्षिजाङ स्वायत्त क्षेत्रमा बुधबार बिहान गएको विनाशकारी पहिरोपछि उद्धार तथा राहत कार्य तीव्र पारिएको छ।

पहिरोमा परी हालसम्म १६ जनाको मृत्यु भएको छ भने ५४६ जना अझै बेपत्ता रहेको तिब्बती क्षेत्रीय सरकारले जनाएको छ। बेपत्तामध्ये २६१ जना विदेशी नागरिक छन्। जसमा कयौँ नेपाली नागरिक पनि छन् ।

तिब्बत क्षेत्रीय सरकारका अध्यक्ष कर्मा छेतानले आइतबार शिगात्सेको ग्यिरोङ काउन्टीस्थित सरकारी परिसरमा आयोजित पत्रकार सम्मेलनमा पछिल्लो विवरण सार्वजनिक गरेका हुन्।

उनका अनुसार सम्बन्धित देशका वाणिज्य दूतावासहरूलाई घटनाबारे जानकारी गराइसकिएको छ। स्थानीय अधिकारीहरूले उच्च तहको प्राकृतिक विपद् आपत्कालीन प्रतिक्रिया सक्रिय गर्दै खोजी तथा उद्धार कार्यको समन्वयका लागि घटनास्थलमा अग्रपंक्तिको कमान्ड पोस्ट स्थापना गरेका छन्।

चीनको अर्थ मन्त्रालय र आपत्कालीन व्यवस्थापन मन्त्रालयले राहतका लागि १२ करोड युआन (करिब १ करोड ७८ लाख अमेरिकी डलर) छुट्याएका छन्। त्यस्तै, राष्ट्रिय विकास तथा सुधार आयोगले थप १० करोड युआन राहतका लागि विनियोजन गरेको छ।

उद्धारका लागि विभिन्न आपत्कालीन निकायबाट २ हजार १४१ जना उद्धारकर्मी, २६९ वटा सवारीसाधन तथा ३ हजार ९ सयभन्दा बढी उपकरण परिचालन गरिएको छ।

खतरा रहेका पाँच प्रशासनिक गाउँका २३६ भवनको निरीक्षण गर्दा तत्काल कुनै संरचनागत जोखिम नरहेको पाइएको अध्यक्ष कर्मा छेतानले बताए।

पहिरोका कारण बनेका दुईवटा अस्थायी तालको अवस्था भने निरन्तर निगरानीमा राखिएको छ। ती तालका बाँधहरू हाल तुलनात्मक रूपमा स्थिर रहेको अधिकारीहरूले बताएका छन्।

भू-उपग्रहबाट प्राप्त रिमोट सेन्सिङ तथ्यांक, ढलान निगरानी रडार तथा जलप्रवाह मापन गर्ने सेन्सरमार्फत तालहरूको अवस्था निरन्तर निगरानी भइरहेको छ। सम्भावित दोस्रो पहिरो रोक्न भूगर्भविद्हरूले पहाडी क्षेत्रको समेत निरीक्षण गरिरहेका छन्।

क्षेत्रीय सरकारका अध्यक्ष कर्मा छेतानले उद्धारकर्मीको संख्या कायम राख्ने, भौगर्भिक जोखिमको निगरानी गर्ने, विस्थापितलाई सुरक्षित आश्रय उपलब्ध गराउने तथा विपद्पछिको राहत र पुनर्स्थापनालाई तीव्रता दिने प्रतिबद्धता जनाएका छन्।

४९९ जना अस्थायी आश्रयमा

शिगात्सेका कार्यवाहक नगरप्रमुख नोर्बु छिरिङका अनुसार प्रभावित पाँच गाउँका ४९९ जना बासिन्दालाई पाँचवटा अस्थायी आश्रयस्थलमा स्थानान्तरण गरिएको छ। होटल र होमस्टेलाई अस्थायी आश्रयस्थलमा रूपान्तरण गरेर विस्थापितलाई राखिएको छ।

स्थानीय प्रशासनले प्रभावितका लागि ११६ मेट्रिक टन पीठो तथा उच्च भूभागमा उत्पादन हुने जौ, ३२ हजार प्याकेट चाउचाउ र बोतलको पानी वितरण गरेको छ। त्यस्तै, पाल, फोल्डिङ बेड, कपडालगायतका ५७ हजार अत्यावश्यक राहत सामग्रीसमेत प्रभावित क्षेत्रमा पुर्‍याइएको छ।

अस्थायी आश्रयस्थलमा चौबीसै घण्टा सेवा उपलब्ध गराउन स्थानीय अधिकारी र स्वास्थ्यकर्मी सम्मिलित पाँचवटा विशेष टोली परिचालन गरिएको छ।

नोर्बु छिरिङले विस्थापितको तत्काल आवश्यकता सम्बोधन गर्न ‘एक व्यक्ति, एक परिवार’ शैलीको सहयोग प्रणाली लागू गरिएको र चौबीसै घण्टा सेवाका लागि कर्मचारी तयारी अवस्थामा राखिएको बताए।

ज्येष्ठ नागरिक, गर्भवती र शिशुलाई विशेष निगरानी

विस्थापितमध्ये जोखिममा रहेका समूहलाई विशेष प्राथमिकता दिइएको छ। ६० वर्षभन्दा माथिका नागरिकका लागि छुट्टै हेरचाहकर्ता खटाइएको छ। गर्भवती महिला र शिशुको स्वास्थ्य तथा सुरक्षामा समेत विशेष निगरानी बढाइएको अधिकारीहरूले बताएका छन्।

प्रत्येक अस्थायी आश्रयस्थलमा मनोवैज्ञानिक परामर्शदाता खटाइएको छ। उनीहरूले विस्थापितको मानसिक स्वास्थ्य परीक्षण तथा आवश्यक परामर्श नियमित रूपमा प्रदान गरिरहेका छन्।

त्यस्तै, विस्थापनका क्रममा आफ्ना पशुधनको सुरक्षालाई लिएर स्थानीय बासिन्दामा पर्ने चिन्ता कम गर्न गाई, भेडालगायतका पशुहरूको दैनिक निरीक्षण र नियमित हेरचाहको व्यवस्था गरिएको छ।

बेपत्ता नागरिकका परिवारका लागि हटलाइन

बेपत्ता चिनियाँ नागरिकका परिवारले जानकारी लिन तथा सहयोग माग्न सक्ने गरी दुईवटा २४ घण्टे हटलाइन सञ्चालनमा ल्याइएको छ।

०८९२-८९८०१०६
०८९२-८९८०१०७

अधिकारीहरूका अनुसार खोजी तथा उद्धार कार्यसँगै प्रभावित क्षेत्रको भौगर्भिक अवस्था, अस्थायी ताल र सम्भावित दोस्रो पहिरोको जोखिमलाई निरन्तर निगरानीमा राखिएको छ।

प्रकाशित मिति : १४ भाद्र २०८३, आइतबार  १ : २६ बजे

केरुङमा रोकिएका नागरिकलाई वैकल्पिक मार्गबाट नेपाल ल्याइन्छ : परराष्ट्रमन्त्री खनाल

नुवाकोट– परराष्ट्रमन्त्री शिशिर खनालले भोटेकोशी बाढीका कारण चीनको केरुङमा रोकिएका नागरिकलाई

मातृमृत्यु घटाउन अफ्रिकामा पुरुष ‘मिडवाइफ’को भूमिका बढ्दै

मोहालेस होक- अफ्रिकामा सुत्केरीसम्बन्धी जटिलताबाट हुने मातृमृत्यु घटाउने प्रयाससँगै पुरुष

ओलीको आरोप, ‘विपत्तिमा सबै मिलेर काम गर्नुपर्नेमा सरकार साधनस्रोत कब्जा गरेर बस्यो’

काठमाडौं- नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले रसुवाको

आजै ४ बजे रास्वपा केन्द्रीय समितिको बैठक बस्ने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक बस्ने भएको छ

चीनको सिजाङमा पहिरो : नेपालीसहित २६१ विदेशीको अवस्था अज्ञात

ग्यिरोङ– दक्षिणपश्चिम चीनको सिजाङ स्वायत्त क्षेत्रअन्तर्गत चीन–नेपाल सीमाको ग्यिरोङ नाकामा