कामपाद्वारा विपद् व्यवस्थापन हेल्प डेस्क तथा सूचना केन्द्र सञ्चालनमा « Khabarhub

कामपाद्वारा विपद् व्यवस्थापन हेल्प डेस्क तथा सूचना केन्द्र सञ्चालनमा


१४ भाद्र २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं महानगरपालिकाले विपद् व्यवस्थापन हेल्प डेस्क तथा सूचना केन्द्र सञ्चालनमा ल्याएको छ ।  रसुवा बाढी प्रभावितलाई लक्षित गर्दै विपद् व्यवस्थापन हेल्प डेस्क तथा सूचना केन्द्र सञ्चालनमा ल्याइएको महानगरले जनाएको छ ।

हेल्प डेस्कले विपद्को समयमा सहयोग गर्न चाहने व्यक्ति, संघ–संस्था, पेशाकर्मी, उद्योगी/व्यवसायी र सरकारी निकायबीच पुल को रूपमा काम गर्ने महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले जानकारी दिइन् । 

सहयोगका लागि महानगरमा प्राप्त हुने सम्पूर्ण नगद रकम नेपाल सरकारको आधिकारिक ’प्रधानमन्त्री राष्ट्रिय विपद् कोष’मा जम्मा गरिने, लत्ताकपडा, खाद्यान्न लगायतका राहत सामग्रीहरूको लगत राखेर आधिकारिक स्थलहरूमा पुर्‍याइने उनले बताइन् ।

त्यस्तै अस्पतालहरूमा उपचारमा ढिलाइ भएका तथा मानवीय सेवा नपुगेका स्थानहरूमा स्वास्थ्य स्वयंसेवकहरू परिचालन गरी राहत र उद्धारमा सहयोग गर्ने डंगोलले बताइन् । 

उनले बाढी–पहिरोबाट प्रभावित र पीडितहरूको विवरण वडा–वडाबाट सङ्कलन गरिने र आगामी दिनमा समस्या समाधान र योजना निर्माणका लागि तथ्याङ्कमा आधारित तथा प्रमाणमा आधारित  पद्धति अपनाइने उल्लेख गरिन् ।

हाल नुवाकोट लगायतका स्थानहरूबाट काठमाडौँ महानगरवासी तथा अन्य नागरिकलाई यातायातको माध्यमबाट ल्याउने कार्य भइरहेको र आवश्यकता अनुसार सेवा क्षेत्र विस्तार गरिने समेत उनले बताइन् । 
 

प्रकाशित मिति : १४ भाद्र २०८३, आइतबार  १ : ४४ बजे

काङ्ग्रेसले आज देशभरका अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन गर्दै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अधिकांश जिल्लाका सङ्घीय निर्वाचन क्षेत्र

सगरमाथादेखि समुद्रसम्मको जलवायु जोखिम सम्बोधन गर्न सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ– नेपालले हिमालदेखि समुद्रसम्म जोडिएको जलवायु जोखिमलाई एकीकृत रूपमा सम्बोधन

भोटेकोशी बाढीले पुल बगाएपछि रसुवा, नुवाकोट र धादिङको आवतजावत अस्तव्यस्त (तस्बिर)

काठमाडौँ– गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको भीषण बाढीले

कोशी ब्यारेजमा पानीको बहाव बढ्यो, ४३ ढोका खोलियो

विराटनगर– सप्तकोशी नदीमा पानीको बहाव बढेपछि कोशी ब्यारेजका ५६ मध्ये

समूह विजेता बन्दै नेपाल एसियन गेम्सको अघिल्लो चरणमा : क्वाटरफाइनलमा श्रीलंकासँग भिड्ने

काठमाडौँ – एसियन गेम्स क्रिकेट अन्तर्गत समूह ‘ए’को विजेता बन्दै