केरूङ बन्दरगाह नजिकै चिनियाँ उद्धारकर्मी, अध्येताको निष्कर्ष : लाङटाङ लिरुङको हिमपहिरोले विनाश निम्त्यायो « Khabarhub

केरूङ बन्दरगाह नजिकै चिनियाँ उद्धारकर्मी, अध्येताको निष्कर्ष : लाङटाङ लिरुङको हिमपहिरोले विनाश निम्त्यायो


१४ भाद्र २०८३, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालतर्फ रहेको लाङटाङ लिरुङ हिमालको दक्षिणी मोहडामा करिब ५ हजार २०० मिटर उचाइबाट गत बुधबार बिहान बरफ र चट्टानसहितको हिमपहिरो खसेको निष्कर्ष चिनियाँ अधिकारीले निकालेका छन्।

चीनको सिचाङ (तिब्बत) स्वायत्त क्षेत्रस्थित ग्यिरोङ बन्दरगाहमा गएको विनाशकारी हिलो–गेग्रानयुक्त बाढीको मुख्य कारण रहेको पहिचान भएको चिनियाँ अधिकारीहरूले बताएका छन्।

स्थानीय अधिकारीहरूले आइतबार सार्वजनिक गरेको विवरणअनुसार बुधबार बिहान गएको उक्त हिमपहिरो करिब ४ हजार मिटर उचाइसम्म तीव्र गतिमा खसेको थियो। त्यसक्रममा पहाडको एउटा मोहडा नै काट्दै ठूलो परिमाणको ढुंगा-माटो, हिउँको ढिक्कासहितको लेदो बग्न थालेको थियो।

त्यसपछि उक्त विशाल पहिरो नदीमा मिसिँदै करिब २२ किलोमिटर दूरी पार गरेर करिब १ हजार ८०० मिटर उचाइमा अवस्थित ग्यिरोङ बन्दरगाहसम्म पुगेको अधिकारीहरूले बताएका छन्।

हिमपहिरो र हिलोसहितको बाढीले करिब ०.७ वर्ग किलोमिटर क्षेत्र प्रभावित बनाएको थियो। त्यस क्रममा चीनतर्फ २७ वटा भवन तथा सम्बन्धित संरचना र पूर्वाधारमा क्षति पुगेको छ। नेपालतिर भने नुवाकोट र रसुवास्थित हजारौँ भवन ध्वस्त भएका छन् ।

यो निष्कर्ष चिनियाँ विज्ञान प्रतिष्ठानअन्तर्गतको पर्वतीय जोखिम तथा वातावरणसम्बन्धी संस्थाको क्रायोस्फियर आपत्कालीन विपद् प्रतिक्रिया टोलीले गरेको अध्ययनबाट निकालिएको हो। टोलीले रिमोट सेन्सिङबाट प्राप्त निगरानी तथ्यांक, घटनास्थलबाट पठाइएको तथ्यांक तथा स्थलगत सर्वेक्षण र अनुसन्धानलाई आधार बनाएको जनाएको छ।

सात मिनेटमै २० किलोमिटर यात्रा

विशेषज्ञहरूका अनुसार विपद्को सुरुवात नेपालतर्फको हिमनदीबाट उत्पन्न उच्च उचाइको बरफ–चट्टान हिमपहिरोबाट भएको हो। त्यसपछि यो हिमपहिरो हिलोयुक्त बाढीमा परिणत हुँदै सहायक नदीको मार्गबाट तीव्र गतिमा तलतर्फ बगेको थियो।

उक्त हिलोयुक्त बाढी अत्यन्त तीव्र गतिमा बगेर करिब सात मिनेटमै लगभग २० किलोमिटर दूरी पार गरेको विशेषज्ञहरूको आकलन छ। यसले नेपालतर्फबाट सुरू भएको प्राकृतिक घटनाले सीमापारि चीनको ग्यिरोङ बन्दरगाह क्षेत्रमा ठूलो क्षति पुर्‍याएको देखाएको छ।

बन्दरगाहको मुख्य क्षेत्रमा उद्धार टोली

यसैबीच, बुधबार सिजाङको शिगात्से क्षेत्रमा गएको भीषण मलबे बाढीपछि उद्धार टोलीले ग्यिरोङ सीमा बन्दरगाहको मुख्य क्षेत्रमा विभिन्न दिशाबाट प्रवेश गर्ने प्रयास गरिरहेका छन्।

विपद् उद्धार मुख्यालयका उपकमाण्डर तथा क्षेत्रीय सरकारका उपाध्यक्ष रेन वेईका अनुसार उद्धार टोलीले बन्दरगाहको पूर्वी भागबाट पहाडी बाटो खोल्न सफल भएको छ।

उक्त बाटो खुलेपछि अग्निनियन्त्रक तथा उद्धारकर्मीहरू डोरीको सहायताले तल झर्दै बन्दरगाहको मुख्य प्रभावित क्षेत्रमा पुग्न थालेका छन्।

अधिकारीहरूले प्रभावित क्षेत्रमा खोजी तथा उद्धार कार्यलाई तीव्र बनाउँदै सम्भावित जोखिमयुक्त क्षेत्रको निगरानीसमेत जारी राखेका छन्।

प्रकाशित मिति : १४ भाद्र २०८३, आइतबार  १ : ५७ बजे

परराष्ट्रमन्त्री खनालसँग ब्रुनाईकी नवनियुक्त गैरआवासीय राजदूत जैनीको भेटवार्ता

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि ब्रुनाई दरुसलामकी नवनियुक्त गैरआवासीय राजदूत

बेनीबाट म्याग्दीको सदरमुकाम स्थानान्तरण गर्न मन्त्री पुनको प्रस्ताव

म्याग्दी– विज्ञान, प्रविधि तथा नवप्रर्वतनमन्त्री महाविर पुनले म्याग्दीको सदरमुकाम बेनी

प्रधानमन्त्री कार्यालयको नियमित प्रेस ब्रिफिङ : विभिन्न निकायमा ६११ जनाको नियुक्ति

काठमाडौं– सरकारले सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ जारी

मधेस सरकारबाट बाहिरियो एमाले

काठमाडौँ- नेकपा एमाले मधेस प्रदेश सरकारबाट बाहिरिएको छ । शुक्रबार

साउदी अरबमाथि हुथी हमलाको सुरक्षा परिषदद्वारा निन्दा

न्यूयोर्क- संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले साउदी अरबमाथि नागरिक उड्डयन र