तथानाम सोधेर बाढी पीडितलाई युट्युबरले वाक्क लगाएपछि… « Khabarhub

तथानाम सोधेर बाढी पीडितलाई युट्युबरले वाक्क लगाएपछि…


१४ भाद्र २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कन्टेन्टको लोभले रसुवा बाढी प्रभावित क्षेत्रमा पुगेर स्थानीयलाई विभिन्न प्रश्न सोधी हैरान खेलाउने युट्युबरहरूको बिगबिगी बढेको छ ।

केहीले संवेदनशल दृश्यहरू पनि कैद गरेको पाइएको छ ।

जेन–जी अभियन्ता माजिद अन्सारीले यस्ता दृश्यहरू कैद र प्रशारण भएको पाइएपछि बाढी प्रभावित क्षेत्रमा पुगेरै भिडियो सन्देश जारी गरेका छन् । उनले एक किशोरीले ‘भिडियो नखिच्न आग्रह गर्दा गर्दा दृश्य कैद’को प्रसंग पनि सुनाएका छन् ।

उनले किशोरीलाई नदेखाइ उक्त दृश्यको भिडियो पनि राखेका छन् ।

विदेशबाट आएक पत्रकार र कन्टेन्ट क्रिएटरहरूबाट यस्तो घटना भएको उनको दाबी छ ।

त्यस्तै, युट्युबरले प्रश्न सोधेरै हैरान लगाएपछि एक महिलाले बाढी प्रभावित घरबाट बगरको दृश्य खिच्न सुझाएको भिडियो चर्चामा छ ।

उनले युट्युबरलाई भन्छिन्, ‘नौलो सिन छ आउनु के । खिचेर लैजानु न चर्चामा आउनसक्छ ।’

ती महिलालाई पछ्याउँदै युट्युबर बगर बाढीले प्रभावित बनेको घरको बार्दलीमा पुग्छन् ।

अनि महिलाले भन्छिन्, ‘यसरी खिचेका छैनन् के मान्छेले । यो नौलो भएपछि त चर्चामा आउँछ नि त । यहाँ (बार्दली)बाट निहुरिएर खिच्नुस् । यहाँ छुट्टै नौलो देखिनेछ के ।’

प्रकाशित मिति : १४ भाद्र २०८३, आइतबार  २ : २७ बजे

परराष्ट्रमन्त्री खनालसँग ब्रुनाईकी नवनियुक्त गैरआवासीय राजदूत जैनीको भेटवार्ता

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि ब्रुनाई दरुसलामकी नवनियुक्त गैरआवासीय राजदूत

बेनीबाट म्याग्दीको सदरमुकाम स्थानान्तरण गर्न मन्त्री पुनको प्रस्ताव

म्याग्दी– विज्ञान, प्रविधि तथा नवप्रर्वतनमन्त्री महाविर पुनले म्याग्दीको सदरमुकाम बेनी

प्रधानमन्त्री कार्यालयको नियमित प्रेस ब्रिफिङ : विभिन्न निकायमा ६११ जनाको नियुक्ति

काठमाडौं– सरकारले सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ जारी

मधेस सरकारबाट बाहिरियो एमाले

काठमाडौँ- नेकपा एमाले मधेस प्रदेश सरकारबाट बाहिरिएको छ । शुक्रबार

साउदी अरबमाथि हुथी हमलाको सुरक्षा परिषदद्वारा निन्दा

न्यूयोर्क- संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले साउदी अरबमाथि नागरिक उड्डयन र