बाढीमा बेपत्ता भएका पर्साका दुई जना परिवारको सम्पर्कमा « Khabarhub

बाढीमा बेपत्ता भएका पर्साका दुई जना परिवारको सम्पर्कमा


१४ भाद्र २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पर्सा– रसुवाको भोटेकोशी नदीमा गएको बाढीमा परी सम्पर्कविहीन भएका ३९ जनामध्ये दुई जना सम्पर्कमा आएका छन् । 

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार सम्पर्कविहीनमध्ये आज बिहानसम्ममा पोखरीया नगरपालिका–५ का ओ जिर अन्सारी र वीरगञ्ज महानगरपालिका बस्दै आएका सिन्धुलीका ज्ञानबहादुर थिङ सम्पर्कमा आएका छन् । 

रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी पर्सा जिल्लाका सर्फराज मिया, साहबुदिन मन्सुरी, सर्ताज मिया, समीम मिया, राहुल मिया, उमेशप्रसाद, वीरकिशोर कुमार, रामकरण कुमार, विनयकुमार साह र सञ्जय साह सोनारलगायत ३९ जना बेपत्ता भएका छन् । 

हालसम्म भोटेकोशी नदी आएको बाढीपछि हराइरहेका मधेस प्रदेशका १७१ जनामध्ये आजसम्म २२ जना परिवारको सम्पर्कमा आएका छन् । 

मधेस प्रदेशका विभिन्न जिल्लाबाट आफन्त  सम्पर्कविहीन भएका सूचना आउने थालेपछि प्रदेश प्रहरी कार्यालयले सम्पर्कविहीन भएकाको विवरण सङ्कलन गर्दै आएको छ । 

प्रकाशित मिति : १४ भाद्र २०८३, आइतबार  ३ : २६ बजे

काङ्ग्रेसले आज देशभरका अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन गर्दै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अधिकांश जिल्लाका सङ्घीय निर्वाचन क्षेत्र

सगरमाथादेखि समुद्रसम्मको जलवायु जोखिम सम्बोधन गर्न सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ– नेपालले हिमालदेखि समुद्रसम्म जोडिएको जलवायु जोखिमलाई एकीकृत रूपमा सम्बोधन

भोटेकोशी बाढीले पुल बगाएपछि रसुवा, नुवाकोट र धादिङको आवतजावत अस्तव्यस्त (तस्बिर)

काठमाडौँ– गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको भीषण बाढीले

कोशी ब्यारेजमा पानीको बहाव बढ्यो, ४३ ढोका खोलियो

विराटनगर– सप्तकोशी नदीमा पानीको बहाव बढेपछि कोशी ब्यारेजका ५६ मध्ये

समूह विजेता बन्दै नेपाल एसियन गेम्सको अघिल्लो चरणमा : क्वाटरफाइनलमा श्रीलंकासँग भिड्ने

काठमाडौँ – एसियन गेम्स क्रिकेट अन्तर्गत समूह ‘ए’को विजेता बन्दै