चितवनपछि नवलपुरमा पनि जमिनमुनि शव व्यवस्थापन (तस्बिरहरू) « Khabarhub

चितवनपछि नवलपुरमा पनि जमिनमुनि शव व्यवस्थापन (तस्बिरहरू)


१४ भाद्र २०८३, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

पूर्वी नवलपरासी- भोटेकोशीमा आएको विनाशकारी बाढीमा परी पूर्वी नवलपरासीको नारायणी नदी किनारमा बगेर आएका बेवारिसे शव जमिनमुनि व्यवस्थापन सुरु गरिएको छ ।

स्थायी र अस्थायी शव गृहको क्षमताभन्दा बढी शव भेटिएपछि रेडक्रसको अन्तर्राष्ट्रिय समितिको मापदण्डअनुसार वैज्ञानिक व्यवस्थापन सुरु गरिएको हो ।

मध्यविन्दु प्रादेशिक अस्पतालमा राखिएका शवमध्ये डीएनए परीक्षणको नमुना संकलन, संकेत नम्बर राखेर आवश्यक प्रक्रिया पूरा गरेपछि २० वटा शव आइतबार व्यवस्थापन गरिएको छ ।

कावासोती नगरपालिका–३ स्थित ज्योतिकुञ्ज सामुदायिक वनमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नगर प्रहरीको सहयोगमा शव व्यवस्थापन गरिएको जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक अनिल पण्डितले जानकारी दिए ।

जमिनमुनि व्यवस्थापन गरिएका शव सुरक्षित रहने र पछि पहिचान भएमा परिवारलाई जिम्मा लगाइने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

रसुवा लगायतका क्षेत्रमा आएको बाढी पहिरोपछि उद्धार तथा खोजीका क्रममा फेला परेका शव गैंडाकोट नगर अस्पताल र मध्यविन्दु प्रादेशिक अस्पतालमा पहिचान तथा डीएनए परीक्षण भइरहेको छ । 

गैंडाकोटदेखि विनयी त्रिवेणीसम्मको नदी किनारमा हालसम्म १ सय ९४ शव फेला परेका छन् । तीमध्ये ९ वटा शवको पहिचान भएर आफन्तलाई बुझाइएको छ । 

तस्बिर : धनु भुषाल/नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : १४ भाद्र २०८३, आइतबार  ४ : २५ बजे

काङ्ग्रेसले आज देशभरका अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन गर्दै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अधिकांश जिल्लाका सङ्घीय निर्वाचन क्षेत्र

सगरमाथादेखि समुद्रसम्मको जलवायु जोखिम सम्बोधन गर्न सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ– नेपालले हिमालदेखि समुद्रसम्म जोडिएको जलवायु जोखिमलाई एकीकृत रूपमा सम्बोधन

भोटेकोशी बाढीले पुल बगाएपछि रसुवा, नुवाकोट र धादिङको आवतजावत अस्तव्यस्त (तस्बिर)

काठमाडौँ– गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको भीषण बाढीले

कोशी ब्यारेजमा पानीको बहाव बढ्यो, ४३ ढोका खोलियो

विराटनगर– सप्तकोशी नदीमा पानीको बहाव बढेपछि कोशी ब्यारेजका ५६ मध्ये

समूह विजेता बन्दै नेपाल एसियन गेम्सको अघिल्लो चरणमा : क्वाटरफाइनलमा श्रीलंकासँग भिड्ने

काठमाडौँ – एसियन गेम्स क्रिकेट अन्तर्गत समूह ‘ए’को विजेता बन्दै