विपद्को समयमा सरकारलाई साथ दिन्छौँ : गगन थापा « Khabarhub

विपद्को समयमा सरकारलाई साथ दिन्छौँ : गगन थापा


१४ भाद्र २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले विपद्को समयमा सरकारलाई पूर्ण रुपमा साथ दिएर अघि बढ्ने बताएका छन् । 

आइतबार पार्टी कार्यालय सानेपामा भोटेकोशी बाढी पछि उत्पन्न विपद् व्यवस्थापनमा पार्टीले गरिरहेको काम र अबको योजनाका बारेमा आयोजित बैठकमा सभापति थापाले  विपद्को घडीमा सरकारसँग काँधमा काँध मिलाएर पूर्ण रूपमा साथ दिने बताएका छन् ।

उनले प्रमुख प्रतिपक्ष दलको नाताले सरकारका कमीकमजोरीलाई सुधार गर्न औँल्याइदिने जिम्मेवारी पूरा गर्ने धारणा राखे । 

हाल तीन तहका सरकारबीच देखिएको समन्वयको खाडल हटाउन स्पष्ट कार्य विभाजन हुनुपर्ने भन्दै उनले संघ, प्रदेश र स्थानीय सरकारलाई एउटै टिमको रूपमा लिएर अघि बढ्नुपर्ने धारणा राखे । 

सभापति थापाले कुनै पनि भ्रामक वा मिथ्या सूचना फैलाउने काममा नलाग्न पार्टी पङ्क्तिलाई निर्देशन दिए ।  

बैठकले आफ्ना सम्पूर्ण कार्यकर्ता तथा पार्टीका निकायहरूलाई परिचालन गर्ने निर्णय गरेको छ भने उद्धार र शव व्यवस्थापनमा प्राथमिकता दिन सरकारको ध्यानाकर्षण गराउने निर्णय भएको कांग्रेस प्रवक्ता देवराज चालिसेले जानकारी दिए । 

प्रभावित तथा पीडितहरूका लागि खाना, लत्ताकपडा/बन्दोबस्ती, र स्वास्थ्य उपचारको तत्काल उचित व्यवस्था हुनुपर्ने, विपद् प्रभावित क्षेत्रका बालबालिकाहरूको शिक्षासँग जोडिएका समस्याहरूलाई विशेष ध्यान दिनुपर्ने उनले बताए ।

प्रकाशित मिति : १४ भाद्र २०८३, आइतबार  ४ : ३० बजे

सगरमाथादेखि समुद्रसम्मको जलवायु जोखिम सम्बोधन गर्न सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ– नेपालले हिमालदेखि समुद्रसम्म जोडिएको जलवायु जोखिमलाई एकीकृत रूपमा सम्बोधन

भोटेकोशी बाढीले पुल बगाएपछि रसुवा, नुवाकोट र धादिङको आवतजावत अस्तव्यस्त (तस्बिर)

काठमाडौँ– गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको भीषण बाढीले

कोशी ब्यारेजमा पानीको बहाव बढ्यो, ४३ ढोका खोलियो

विराटनगर– सप्तकोशी नदीमा पानीको बहाव बढेपछि कोशी ब्यारेजका ५६ मध्ये

समूह विजेता बन्दै नेपाल एसियन गेम्सको अघिल्लो चरणमा : क्वाटरफाइनलमा श्रीलंकासँग भिड्ने

काठमाडौँ – एसियन गेम्स क्रिकेट अन्तर्गत समूह ‘ए’को विजेता बन्दै

म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन

म्याग्दी– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत म्याग्दीका सबै स्थानीय तहमा नेतृत्व