जथाभाबी राहत सङ्कलन नगर्न भन्दै प्रशासन भन्यो- इच्छुकले उद्धार कोषमै गर्नुस् « Khabarhub

जथाभाबी राहत सङ्कलन नगर्न भन्दै प्रशासन भन्यो- इच्छुकले उद्धार कोषमै गर्नुस्


१४ भाद्र २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

भद्रपुर– रसुवाको भोटेकोशी क्षेत्रमा बाढीबाट प्रभावितका नाममा जथाभाबी आर्थिक तथा राहत सामग्री सङ्कलन नगर्न जिल्ला प्रशासन कार्यालय झापाले सबैमा आग्रह गरेको छ । 

जिल्लामा विभिन्न व्यक्ति तथा सङ्घसंस्थाले बाढीपीडितका नाममा राहत सङ्कलन गर्न थालेपछि प्रशासनले आज सूचना जारी गर्दै त्यस्ता गतिविधि नगर्न आग्रह गरेको हो । 

बाढीपीडितका लागि आर्थिक सहयोग गर्न इच्छुक व्यक्ति तथा सङ्घसंस्थाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको आधिकारिक खाता नम्बर यकिन गरेर मात्र रकम जम्मा गर्न प्रशासनले आग्रह गरेको छ । 

राहत तथा सहयोगका नाममा हुन सक्ने अनधिकृत सङ्कलन र दुरुपयोग रोक्न प्रशासनले यस्तो सूचना जारी गरेको जनाएको छ । 

प्रकाशित मिति : १४ भाद्र २०८३, आइतबार  ४ : ४५ बजे

सगरमाथादेखि समुद्रसम्मको जलवायु जोखिम सम्बोधन गर्न सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ– नेपालले हिमालदेखि समुद्रसम्म जोडिएको जलवायु जोखिमलाई एकीकृत रूपमा सम्बोधन

भोटेकोशी बाढीले पुल बगाएपछि रसुवा, नुवाकोट र धादिङको आवतजावत अस्तव्यस्त (तस्बिर)

काठमाडौँ– गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको भीषण बाढीले

कोशी ब्यारेजमा पानीको बहाव बढ्यो, ४३ ढोका खोलियो

विराटनगर– सप्तकोशी नदीमा पानीको बहाव बढेपछि कोशी ब्यारेजका ५६ मध्ये

समूह विजेता बन्दै नेपाल एसियन गेम्सको अघिल्लो चरणमा : क्वाटरफाइनलमा श्रीलंकासँग भिड्ने

काठमाडौँ – एसियन गेम्स क्रिकेट अन्तर्गत समूह ‘ए’को विजेता बन्दै

म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन

म्याग्दी– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत म्याग्दीका सबै स्थानीय तहमा नेतृत्व