भारतको सुरुङ उद्धार टोलीद्वारा चिलिमे र लाङटाङ क्षेत्रमा खोज कार्य सञ्चालन « Khabarhub

भारतको सुरुङ उद्धार टोलीद्वारा चिलिमे र लाङटाङ क्षेत्रमा खोज कार्य सञ्चालन


१४ भदौ २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


210
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतीय सुरुङ उद्धार टोलीले आज चिलिमे र लाङटाङ क्षेत्रमा रहेका जलविद्युत् सुरुङस्थलमा खोज तथा उद्धार कार्य सञ्चालन गर्न नेपाली सेनाको टोलीसँग मिलेर काम गरेको छ ।

टोलीले नेपाली सेनासँग नजिकको समन्वयमा खोज तथा उद्धार कार्य जारी राख्ने यहाँस्थित भारतीय दूतावासले जनाएको छ । भारतीय सुरुङ उद्धार टोली शनिबार नेपाल आइपुगेको थियो ।

त्यस्तै, भारतबाट चौथो उडान ११ टन थप राहत सामग्रीसहित आज काठमाडौँ आइपुगेको छ । उक्त उडानमा राहत सामग्रीमा कम्बल, स्लीपिङ ब्याग, त्रिपाल, प्लास्टिक सिट र सरसफाइसम्बन्धी किटका साथै सुरुङ खोज तथा उद्धार कार्यका लागि आवश्यक उपकरणसहित थप प्राविधिक टोलीसमेत आएको थियो ।

साथै ‘फरेन्सिक’ उपकरणसहित डीएनए विश्लेषणका लागि भारतीय फरेन्सिक विज्ञहरूको टोली पनि आजै नेपाल आइपुगेको छ । भारतका फरेन्सिक टोलीहरूले रसुवा बाढीमा ज्यान गुमाएकाको डिएनए नमुना विश्लेषणको कार्यका लागि नेपाल प्रहरीको केन्द्रीय फरेन्सिक विज्ञान प्रयोगशाला र त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा नेपाली विज्ञहरूसँग भेट गरेका छन् ।

प्रकाशित मिति : १४ भदौ २०८३, आइतबार  १० : ०६ बजे

एनपीएलले आईसीसीको मान्यता पाएसँगै नेपाली क्रिकेट अन्तर्राष्ट्रिय स्तरमा : क्यान

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपीएल)ले आईसीसीबाट

छ सय वर्ष पुरानो खड्गदेवीमा भक्तजनको भीड

दमौली (तनहुँ)- तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा रहेको प्रसिद्ध खड्गदेवी मन्दिरमा

नवरात्रको सातौँ दिन : कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना

काठमाडौं- नवरात्रको सातौँ दिन दसैँ घर तथा पूजाकोठामा नवदुर्गामध्येकी सातौँ

किशोर श्रेष्ठलाई पक्राउ गरिएकोबारे पत्रकार महासंघले के भन्यो ?

काठमाडौं- नेपाल पत्रकार महासंघले जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठलाई प्रहरीले

एसिया–प्रशान्तको समृद्धिमा जोड दिँदै एपीईसी सम्मेलन

बेइजिङ- एसिया–प्रशान्त क्षेत्रको आर्थिक समृद्धि र सहकार्य प्रवद्र्धन गर्ने उद्देश्यले