काङ्ग्रेस उपसभापतिमा पुष्पा भुसालले दाबी गर्ने « Khabarhub

काङ्ग्रेस उपसभापतिमा पुष्पा भुसालले दाबी गर्ने


१४ आश्विन २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उपसभापतिका लागि पुष्पा भुसालले उम्मेदवारी दिने भएकी छन् । 

अहिले विशेष महाधिवेशनबाट पनि भुसाल उपसभापति छिन् । भुसालले महिला उपसभापतिमा उम्मेदवारी दिने निर्णय गरेको जानकारी खबरहबलाई दिइन् । 

पार्टीमा महिला सहभागिता समावेशिता र स्थानीय तहको निर्वाचनलाई लक्षित गरी आफ्नो उम्मेदवारी रहने बताएकी छिन् । 

उनले सर्वसहमति भएको खण्डमा पनि ठिकै हुने र नभएको खण्डमा पनि निर्वाचनमार्फत आफू प्रक्रियामा सहभागी हुने जानकारी दिएकी छन् । 

कांग्रेस महिला उपसभापतिका लागि अहिलेसम्म कसैले दाबी गरेको देखिँदैन । सहममन्त्रीमा भने डिना उपाध्यायले दाबी गरेको देखिन्छ ।

‘मैले उपसभापति पदमै दाबी गर्ने निर्णय गरेको छु । सर्वसहमतिमा भयो भने पनि स्वीकार्य छ नभएको खण्डमा निर्वाचन प्रक्रियामा पनि भाग लिन्छु तर मलाई नै सर्वसहमति गर म बाहेक अरु विकल्प हुँदैन भन्ने मेरो दाबी रहँदैन किनभने कांग्रेस लोकतान्त्रिक पार्टी हो लोकतान्त्रिक प्रक्रियामा सबैले सहभागिता जनाउन पाउनुहुन्छ ।’ भुसालले खबरहबलाई भनिन,’मेरो अनुभव र दक्षताले यो पदलाई डिजर्भ गर्छ भन्ने बुझेको छु । साथीहरूबाट पनि निरन्तरताको शुभकामना आएको छ। तर निरन्तरता भन्दा पनि मेरो दाबी छ ।’

भुसाल कांग्रेसमा वैचारिक नेतृत्वमा चिनिन्छिन् । कानुन विषयमा समेत जानकार उनी विशेष महाधिवेशन अगाडिबाट नै गगन थापालाई दरिलो साथ दिँदै आएकी व्यक्ति हुन् ।

प्रकाशित मिति : १४ आश्विन २०८३, बुधबार  ११ : ४० बजे

अर्थ समितिमा उठे शेयर बजारका कुरा : आईपीओ स्वीकृतिअघि नेप्से प्रविधि सुधार्न निर्देशन

काठमाडौं- प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिले धितोपत्रसम्बन्धी नयाँ विधेयक तत्काल संघीय

बाढीबाट उद्धार गरिएको गैँडा सौराहाको जनकौलीमा छाडियो

चितवन– सुस्ताबाट उद्धार गरी ल्याइएको पोथी गैँडा सौराहाको जनकौली सामुदायिक

युवावस्थामै कोरोनरी मुटुरोग बढ्दो, डाक्टरलाई प्रश्न- नेपालमा उपचार कत्तिको महँगो छ ?

काठमाडौं– नेपालमा पछिल्लो समय मुटुरोगको समस्या बढ्दै गएको छ ।

कांग्रेस महाधिवेशन प्रतिनिधिको शुल्क ३५ सय

काठमाडौं – नेपाली कांग्रेसले १५औँ महाधिवेशनमा सहभागी हुने महाधिवेशन प्रतिनिधिको शुल्क ३

साउदीमाथि हुथी आक्रमण रोक्न पाकिस्तान सैन्य सहयोगका लागि तयार

रोम- पाकिस्तानले इरानसमर्थित हुथी विद्रोहीबाट साउदी अरबमाथि हुने आक्रमण रोक्न आवश्यक