काठमाडौँ – धादिङको गंगाजमुना गाउँपालिका–५ निवासी २४ वर्षीया ममता तामाङको जटिल प्रसूति समस्या देखिएपछि मंगलबार हवाई उद्धार गरी काठमाडौँ ल्याइएको छ।
जटिल प्रसूति समस्याका कारण ज्यान जोखिममा परेका बेला महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत राष्ट्रिय महिला सशक्तीकरण परियोजनाद्वारा सञ्चालित हवाई उद्धार कार्यक्रममार्फत तामाङको उद्धार गरिएको हो।
हवाई उद्धारपछि उनलाई थप उपचारका लागि काठमाडौँको थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल पुर्याइएको छ। हाल अस्पतालमा उनको आवश्यक उपचार भइरहेको छ।
दुर्गम तथा भौगोलिक रूपमा विकट क्षेत्रका जटिल अवस्थाका गर्भवती तथा सुत्केरी महिलालाई समयमै विशेषज्ञ स्वास्थ्य सेवामा पहुँच पुर्याई जीवनरक्षा गर्ने उद्देश्यले मन्त्रालयले यो कार्यक्रम सञ्चालन गर्दै आएको छ।














प्रतिक्रिया