छोरीको इच्छाविपरीत विवाहको कथा बोकेको ‘अक्षरा’ असोज २३ देखि प्रदर्शनमा « Khabarhub

छोरीको इच्छाविपरीत विवाहको कथा बोकेको ‘अक्षरा’ असोज २३ देखि प्रदर्शनमा


१४ आश्विन २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– छोरीको जीवनसँग जोडिएको निर्णयमा उनको इच्छा कति महत्त्वपूर्ण हुन्छ ? यही प्रश्नलाई कथाको केन्द्रमा राखेर बनेको नेपाली फिल्म ‘अक्षरा’ आगामी शुक्रबार, असोज २३ गतेदेखि देशभरका सिनेमा घरमा प्रदर्शनमा आउने भएको छ।

निर्देशक विनयराज पौडेलको निर्देशनमा तयार भएको फिल्मले परिवारको दबाबमा छोरीको इच्छा विपरीत विवाह गराउँदा त्यसले परिवारभित्र मात्र होइन, समाजमा समेत पार्न सक्ने प्रभावलाई कथामार्फत प्रस्तुत गरेको छ। पारिवारिक सम्बन्ध, सामाजिक सोच र व्यक्तिगत इच्छाबीचको द्वन्द्व फिल्मको मुख्य विषय बनेको निर्माण पक्षले जनाएको छ।

‘अक्षरा’ले केन्द्रीय चलचित्र जाँच समितिबाट ‘युनिभर्सल’ (यू) प्रमाणपत्र पाइसकेको छ । त्यसैले फिल्म सबै उमेर समूहका दर्शकले हेर्न पाउनेछ ।

‘क्षित बाबु प्रोडक्सन हाउस’को ब्यानरमा निर्माण भएको फिल्ममा सुशील सिटौला, न्यान्सी खड्का, सुशील पोखरेल, अंशु महर्जन, पुष्कर राउत, रिस्ता अधिकारी, उत्तम केसी र गीता अधिकारीलगायत कलाकारको अभिनय छ ।

सोनी थापा (ढुङ्गाना) प्रस्तुतकर्ता रहेको फिल्मको कथा निर्माता उग्रसेन ढुङ्गानाले तयार पारेका हुन् । पटकथा तथा संवाद अभिमन्यु निरवी र निर्देशक पौडेलले लेखेका छन् । 

फिल्ममा दिपेन बस्न्यातको छायाङ्कन, गौतम खड्काको सम्पादन, रामजी लामिछानेको नृत्य निर्देशन र कर्णराज गिरीको संगीत छ । फिल्मको नेपालभर वितरण नेसनल सिने ग्रुप नेपालका तर्फबाट दीपक दंगालले गर्नेछन् ।

सामाजिक विषयलाई पारिवारिक कथासँग जोडेर प्रस्तुत गरिएको ‘अक्षरा’ले अभिभावकको निर्णय र सन्तानको इच्छाबीचको सम्बन्धलाई पर्दामा कसरी प्रस्तुत गरेको छ, त्यसका लागि भने असोज २३ गतेपछि दर्शकले नै मूल्यांकन गर्नेछन् ।

प्रकाशित मिति : १४ आश्विन २०८३, बुधबार  १२ : १३ बजे

कच्चा तेल र ऋणपत्रको प्रतिफल बढ्दा भारतबाट विदेशी पुँजी बाहिरियो

एजेन्सी– अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा भएको तीव्र वृद्धि र

प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्ति रेकर्डबाट हटाउन गरिएको ढिलाइप्रति श्रम संस्कृतिको आपत्ति

काठमाडौं–  श्रम संस्कृति पार्टीका सांसदहरूले प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्ति सदनको

बाख्रापालक कृषकलाई अनुदान सहयोग

भोजपुर– हतुवागढी गाउँपालिकाले स्थानीय कृषकलाई व्यावसायिक बाख्रापालनमार्फत आयआर्जन र स्वरोजगारमा जोड्न

पाकिस्तानको हवाई प्रतिबन्धबीच वैकल्पिक मार्ग खोज्दै भारत, चीनसँग वार्ता

नयाँदिल्ली– पाकिस्तानले भारतीय विमानका लागि आफ्नो हवाई क्षेत्रमाथिको प्रतिबन्ध थप

गर्मी र वर्षाले महोत्तरीमा बढ्यो सर्पको बिगबिगी

महोत्तरी– प्रचण्ड गर्मी बढेसँगै महोत्तरीमा सर्पको बिगबिगी  बढेको छ ।