प्रधानमन्त्री बालेनको राष्ट्रसंघ सम्बोधनले नेपालको कूटनीतिक छवि उच्च भयो : शिशिर खनाल « Khabarhub

प्रधानमन्त्री बालेनको राष्ट्रसंघ सम्बोधनले नेपालको कूटनीतिक छवि उच्च भयो : शिशिर खनाल


१४ आश्विन २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घको मञ्चका कारण आगामी दिनमा नेपालको कूटनीतिलाई थप सशक्त बनाउने आधार तय भएको बताएका छन् । 

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सहभागी भई स्वदेश फर्किएपछि बुधबार त्रिभुवन विमानस्थलमा पत्रकार सम्मेलन गर्दै मन्त्री खनालले आगामी दिनमा नेपालको कूटनीतिलाई थप सशक्त बनाई राष्ट्र हित प्रवर्द्धनमा ठोस योगदान पुर्‍याउन स्पष्ट आधारहरू तय भएको बताएका हुन् । 

उनले संयुक्त राष्ट्रसंघ महासभाको ८१औँ सत्रको क्रममा प्रधानमन्त्रीले महासभामा गरेको सम्बोधन र विभिन्न बहुपक्षीय बैठकमा भएको सहभागिता र छलफलबाट नेपालको कूटनीतिक छवि उच्च भएको धारणा राखे । 

भोटेकोशी क्षेत्रमा आएको बाढी र त्यसले पुर्‍याएको क्षतिप्रति अन्तर्राष्ट्रिय समुदायले गहिरो चासो र ऐक्यबद्धता जनाएको उनले बताए । 

उनले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले आफ्नो मन्तव्यमा नेपालको सन्दर्भ उल्लेख गर्नुका साथै प्रधानमन्त्रीसँगको भेटवार्तामा नेपालको विपत्तिप्रति चासो व्यक्त गरेको जानकारी दिए । 

त्यस्तै मन्त्री खनालले छिटै प्रधानमन्त्रीको परिणाममुखी भारत भ्रमण हुने बताए  । 

सरकार गठन भएदेखि नै भ्रमणको निमन्त्रणा आएको भए पनि दुवै पक्ष उपयुक्त समय मिलाएर ठोस उपलब्धि हासिल हुने गरी भ्रमणको तालिका तय हुने उनको भनाइ छ ।

प्रकाशित मिति : १४ आश्विन २०८३, बुधबार  १२ : २४ बजे

सदनमा उठ्यो दोधारा चाँदनी र भीमदत्त नगर जोड्ने झोलुङ्गे पुल क्षतिको विषय

काठमाडौं– स्वपाका सांसद ज्ञानेन्द्रसिंह महताले संसद बैठकमा कञ्चनपुर दोधारा चाँदनी

विराटनगरमा राष्ट्रियस्तरको ‘विराट क्रिकेट लिग कर्पोरेट संस्करण’ आयोजना हुँदै

काठमाडौं– कोशी प्रदेशको राजधानी विराटनगरमा राष्ट्रिय स्तरकै खेल महोत्सवका रूपमा

स्थानीय चुनाव लक्षित गर्दै असोज २० देखि पालिका पुग्दै रास्वपा

काठमाडौं –  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै

कच्चा तेल र ऋणपत्रको प्रतिफल बढ्दा भारतबाट विदेशी पुँजी बाहिरियो

एजेन्सी– अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा भएको तीव्र वृद्धि र

प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्ति रेकर्डबाट हटाउन गरिएको ढिलाइप्रति श्रम संस्कृतिको आपत्ति

काठमाडौं–  श्रम संस्कृति पार्टीका सांसदहरूले प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्ति सदनको