इराकबाट अमेरिकी सेना फिर्ता हुँदै « Khabarhub

इराकबाट अमेरिकी सेना फिर्ता हुँदै


१४ आश्विन २०८३, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

बगदाद- एक दशकभन्दा बढी समयपछि अमेरिकाले इराकमा आफ्नो सैन्य अभियान अन्त्य गर्दैछ। इस्लामिक स्टेट (आईएस) विरुद्धको लडाइँमा महत्वपूर्ण भूमिका खेलेको अमेरिकी नेतृत्वको गठबन्धनको इराकबाट अन्तिम फिर्ती बुधबार हुने भएको हो।

सन् २०१४ मा इस्लामिक स्टेटले इराक र सिरियाको ठूलो भूभाग कब्जा गरेपछि त्यसविरुद्ध लड्न अमेरिकी नेतृत्वको गठबन्धन सेना दुवै देशमा परिचालन गरिएको थियो। आईएसले ठूलो संख्यामा मानिसको हत्या गर्नुका साथै विभिन्न हिंसात्मक गतिविधि गरेको थियो।

इराकमा सन् २०१७ र सिरियामा सन् २०१९ मा आईएस पराजित भए पनि समूहका बाँकी सदस्यविरुद्ध कारबाही गर्न गठबन्धन सेना इराकमा रहँदै आएको थियो।

इराक र अमेरिकाबीच सन् २०२४ मा गठबन्धनको सैन्य अभियान अन्त्य गर्ने सहमति भएको थियो। त्यसपछि गठबन्धनका सैनिकले देशभरका विभिन्न सैन्य आधार छाड्दै आफ्नो उपस्थिति उत्तरी कुर्दिस्तान क्षेत्रमा सीमित गरेका थिए। त्यहाँबाट पनि अन्तिम फिर्ती बुधबार हुने तय गरिएको छ।

गठबन्धन सेना फिर्ता भएपछि इराक सरकारले इरानसमर्थित सशस्त्र समूहले हतियार राखिराख्न प्रयोग गर्दै आएको औचित्य पनि समाप्त हुने अपेक्षा गरेको छ। सरकारले राज्यको नियन्त्रणबाहिर रहेका हतियारको विषय समाधान गर्नुपर्नेमा जोड दिँदै आएको छ।

इराकका प्रधानमन्त्री अली अल–जैदीले गठबन्धन सेना फिर्ता भएको भोलिपल्ट अक्टोबर १ लाई ‘सम्प्रभुता दिवस’का रूपमा मनाउनुपर्ने बताउनुभएको छ। सरकारका कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाका प्रमुखले पनि गठबन्धनको फिर्तीले इराकलाई पूर्ण सम्प्रभुतातर्फ अघि बढाउने बताएका छन्।

प्रधानमन्त्री जैदीले सशस्त्र समूहले आफ्ना हतियार राज्यलाई बुझाउनुपर्ने बताउँदै आउनुभएको छ। तर केही शक्तिशाली समूहले हतियार त्याग्न अस्वीकार गरेका छन्।

ती समूहले विदेशी सेना फिर्ता हुनुपर्ने मात्र नभई अमेरिकाको राजनीतिक तथा आर्थिक हस्तक्षेपसमेत अन्त्य हुनुपर्ने माग गर्दै आएका छन्। शक्तिशाली सशस्त्र समूह काताइब हिज्बुल्लाहले अमेरिकी नेतृत्वको गठबन्धन सेना फिर्ता हुनु पूर्ण राष्ट्रिय सम्प्रभुतातर्फको सुरुवात भएको जनाएको छ। उसले सरकारलाई भने कडा चेतावनी दिएको छ।

इस्लामिक स्टेटविरुद्धको युद्धका क्रममा अमेरिकी नेतृत्वको गठबन्धन र इरानसमर्थित सशस्त्र समूह दुवै एउटै शत्रुविरुद्ध लडेका थिए। तर आईएस पराजित भएपछि इराकमा विदेशी सेनाको उपस्थितिलाई लिएर उनीहरूबीच विवाद बढ्दै गएको थियो।

इरान र उसका समर्थित समूहले अमेरिकी सेना हटाउन माग गर्दै ड्रोन र क्षेप्यास्त्रबाट आक्रमण गरेका थिए। त्यसको जवाफमा अमेरिकी सेनाले पनि विभिन्न स्थानमा प्रतिकारात्मक कारबाही गरेको थियो।

यसैबीच, कुर्दिस्तान क्षेत्रको राजधानी एरबिलका बासिन्दा गठबन्धन सेना फिर्ता भएपछि ड्रोन आक्रमणबाट आफ्नो सुरक्षा कसरी हुने भन्नेमा चिन्तित देखिएका छन्।

गठबन्धनले यसै वर्ष सिरियाबाट पनि आफ्नो सेना फिर्ता गरिसकेको छ।

प्रकाशित मिति : १४ आश्विन २०८३, बुधबार  १२ : २२ बजे

स्थानीय चुनाव लक्षित गर्दै असोज २० देखि पालिका पुग्दै रास्वपा

काठमाडौं –  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै

कच्चा तेल र ऋणपत्रको प्रतिफल बढ्दा भारतबाट विदेशी पुँजी बाहिरियो

एजेन्सी– अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा भएको तीव्र वृद्धि र

प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्ति रेकर्डबाट हटाउन गरिएको ढिलाइप्रति श्रम संस्कृतिको आपत्ति

काठमाडौं–  श्रम संस्कृति पार्टीका सांसदहरूले प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्ति सदनको

बाख्रापालक कृषकलाई अनुदान सहयोग

भोजपुर– हतुवागढी गाउँपालिकाले स्थानीय कृषकलाई व्यावसायिक बाख्रापालनमार्फत आयआर्जन र स्वरोजगारमा जोड्न

पाकिस्तानको हवाई प्रतिबन्धबीच वैकल्पिक मार्ग खोज्दै भारत, चीनसँग वार्ता

नयाँदिल्ली– पाकिस्तानले भारतीय विमानका लागि आफ्नो हवाई क्षेत्रमाथिको प्रतिबन्ध थप