अमेरिकामा जी-२० व्यापारमन्त्रीको बैठक « Khabarhub

अमेरिकामा जी-२० व्यापारमन्त्रीको बैठक


१४ आश्विन २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

मिलवाउकी- अमेरिकी भन्सार नीतिका कारण विश्व व्यापारमा तनाव बढिरहेका बेला जी–२० का व्यापारमन्त्रीहरूको दुईदिने बैठक बुधबार अमेरिकाको मिलवाउकीमा सुरु हुँदैछ।

बैठकमा चीन, भारत, रुस, जापान, जर्मनी र फ्रान्ससहित विश्वका प्रमुख अर्थतन्त्रका प्रतिनिधिहरू सहभागी हुँदैछन्। अन्तर्राष्ट्रिय व्यापार, भन्सार शुल्क, औद्योगिक उत्पादन क्षमता तथा व्यापारिक सम्बन्धका विषयमा बैठकमा छलफल हुने अपेक्षा गरिएको छ।

अमेरिकी व्यापार प्रतिनिधि जेमिसन ग्रियरले अमेरिकाको व्यापार नीति व्यापारविरोधी नभएको बताउनुभएको छ। उहाँका अनुसार विश्वका विभिन्न देशले अत्यधिक औद्योगिक उत्पादन क्षमता र बजारसँग सम्बन्धित समान चुनौती सामना गरिरहेका छन्।

अमेरिकाले चीन, भारत र युरोपेली संघसहित विभिन्न व्यापारिक साझेदारमाथि भन्सार शुल्क लगाएको छ। केही देशमा जबर्जस्ती श्रम तथा अत्यधिक औद्योगिक उत्पादन क्षमतासम्बन्धी विषयमा पनि अनुसन्धान भइरहेको अमेरिकी पक्षले जनाएको छ।

चीनले भने आफ्नो निर्यातलाई लिएर उठाइएका चिन्तालाई अस्वीकार गर्दै आएको छ। चीनले गुणस्तरीय र प्रतिस्पर्धी मूल्यका वस्तुको निर्यातले विश्व बजारलाई लाभ पुगेको बताउँदै आएको छ।

यसैबीच, क्यानडा र युरोपेली संघले अमेरिकाबाहेक अन्य देशसँग पनि व्यापार तथा लगानी सम्बन्ध विस्तार गर्ने विषयमा छलफल गर्ने अपेक्षा गरिएको छ। क्यानडाले खुला, पूर्वानुमान गर्न सकिने र नियममा आधारित अन्तर्राष्ट्रिय व्यापार प्रणालीप्रति आफ्नो समर्थन दोहोर्‍याएको छ।

विश्लेषकहरूले भन्सार नीतिसम्बन्धी मतभेदका कारण बैठकमा महत्वपूर्ण विषयमा सहमति जुटाउन चुनौती हुन सक्ने बताएका छन्।

जी–२० को अध्यक्षता यस वर्ष अमेरिकासँग रहेको छ। जी–२० मा १९ देशका साथै युरोपेली संघ र अफ्रिकी संघ सहभागी छन्।

प्रकाशित मिति : १४ आश्विन २०८३, बुधबार  १२ : २८ बजे

काँकडभिट्टा नाकाबाट तीन महिनामा एक हजार बढी पर्यटक भित्रिए

झापा– पूर्वीनाका काँकडभिट्टा हुँदै तीन महिनामा एक हजार १०६ जना

गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम सुस्त

चितवन– भरतपुर महानगरपालिका–१५ मा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काममा

झापामा असोजमा २२ विपद्का घटना, दश करोड बढीको क्षति

झापा– झापामा गत असोज महिनामा भएका २२ वटा विपद्का घटनाबाट

तीन लाखभन्दा बढीका पटका बरामद गरी नष्ट

झापा– झापामा चाडपर्वलाई लक्षित गरी भारतबाट अवैध रूपमा नेपाल भित्र्याउन

व्यवसायीको निधनले शोकमा वालिङ

स्याङ्जा– गुल्मीमा भएको सवारी साधन दुर्घटनाका कारण स्याङ्जाको वालिङ शोकमा