जेराल्डटनमा गोली चल्दा एक जना घाइते, पाँच पक्राउ « Khabarhub

जेराल्डटनमा गोली चल्दा एक जना घाइते, पाँच पक्राउ


१४ आश्विन २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

सिड्नी- पश्चिमी अस्ट्रेलियाको जेराल्डटनमा एक व्यक्तिमाथि गोली प्रहार भएपछि प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ।

पश्चिमी अस्ट्रेलिया प्रहरीले बुधबार बिहान करिब १२ः५० बजे जेराल्डटन सहरनजिकै गोली चलेको सूचना पाएपछि आपतकालीन टोलीसहित ठूलो सङ्ख्यामा प्रहरी परिचालन गरेको जनाएको छ। जेराल्डटन पर्थ सहरबाट करिब ३७० किलोमिटर उत्तरमा पर्छ।

घटनास्थलमा प्रहरीले ३२ वर्षीय एक पुरुषलाई गोली लागेको अवस्थामा फेला पारेको थियो। उहाँलाई गम्भीर तर ज्यानलाई खतरा नरहेको चोटसहित उपचारका लागि अस्पताल लगिएको प्रहरीले जनाएको छ।

घटनापछि प्रहरीले स्थानीय बासिन्दाको सुरक्षाका लागि सूचना जारी गर्दै आसपासको क्षेत्रमा खोजी अभियान सञ्चालन गरेको थियो। विशेष सुरक्षा टोलीसहित ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो।

प्रहरीका अनुसार बुधबार बिहान जेराल्डटनको पूर्वी क्षेत्रमा पाँच जनालाई पक्राउ गरिएको हो। घटनाबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

प्रहरीले स्थानीय बासिन्दालाई सतर्क रहन तथा कुनै शंकास्पद गतिविधि देखिएमा तत्काल जानकारी गराउन आग्रह गरेको छ।

प्रकाशित मिति : १४ आश्विन २०८३, बुधबार  १२ : ३९ बजे

दरौँदीका किसानलाई धान भित्र्याउने चटारो (तस्बिरहरू)

गोरखा– वडा दसैँ सकिएसँगै गोरखाको दरौँदी नदी किनारका फाँटमा किसानलाई

इजरायलमा आज आमनिर्वाचन, नेतान्याहुलाई आइजेनकोटको चुनौती

काठमाडौँ– इजरायलमा आज नयाँ संसदका लागि आम निर्वाचन भइरहेको छ

पर्यटकको पर्खाइमा रमणीय कोटथुम्का

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–१० स्थित कोटथुम्का अर्थात् चण्डेनी–मण्डनको रमणीय क्षेत्र

धान फल्ने खेलतमा कागतीखेती

म्याग्दी– कर्मले नै परिचय दिन्छ । सत्कर्म गर्दै जाँदा त्यसबाट

एक महिनामा अन्नपूर्ण क्षेत्रमा ३३ हजार पर्यटक भित्रिए

गण्डकी– गत असोज महिनामा ३२ हजार ९६३ विदेशी पर्यटकले अन्नपूर्ण