राष्ट्रसंघमा जलवायु न्यायसहितका मुद्दा बलियोसँग उठायौँ : मन्त्री खनाल « Khabarhub

राष्ट्रसंघमा जलवायु न्यायसहितका मुद्दा बलियोसँग उठायौँ : मन्त्री खनाल


१४ आश्विन २०८३, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा नेपालको सहभागिताले देशको हितका लागि महत्त्वपूर्ण उपलब्धि हासिल गरेको बताएका छन् ।

महासभाको बैठकमा भाग लिई स्वदेश फर्किएका परराष्ट्रमन्त्री खनालले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै नेपालको कूटनीतिक छविलाई उच्च बनाउन र विश्व समुदायको ध्यानाकर्षण गराउन अहोरात्र खटिएको बताए ।

उनले राष्ट्रसङ्घीय महासभाका क्रममा भएका विभिन्न बैठक, भेटघाट र छलफलमा नेपालका तर्फबाट प्रस्तुत सम्बोधन तथा भनाइप्रति विश्वसमुदाय सकारात्मक रहेको उल्लेख गरे ।

परराष्ट्रमन्त्री खनालले भने, ‘संयुक्त राष्ट्रसङ्घ महासभाको ८१औँ सत्रको क्रममा प्रधानमन्त्री वालेन्द्र शाहज्यूले महासभामा गर्नुभएको सम्बोधन तथा मैले विभिन्न द्विपक्षीय तथा बहुपक्षीय बैठकमा गरेको सहभागिता र छलफलबाट एकातर्फ नेपालको कूटनीतिक छवि उच्च भएको छ । नेपालको प्रस्तावप्रति विश्व समुदाय सकारात्मक देखिनु देशका लागि खुसीको विषय हो ।’

मन्त्री खनालले महासभामा सहभागी हुनेक्रममा ३३ भन्दा बढी द्विपक्षीय भेटवार्ता भएको जानकारी दिँदै यसबाट नेपालको कूटनीतिक सम्बन्धलाई थप मजबुत बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

आगामी दिनमा नेपालको कूटनीतिलाई थप सशक्त बनाई राष्ट्रहित प्रवर्द्धनमा ठोस योगदान पुर्‍याउन स्पष्ट आधारहरू तय भएको उनले बताए ।

परराष्ट्रमन्त्री खनालले यस पटकको महासभामा नेपालको तर्फबाट जलवायु न्यायसहितका मुद्दाहरू विश्वसामु बलियोसँग उठाएको जानकारी दिए । 

उनले भोटेकोशीको विनासकारी बाढी तथा अन्य राष्ट्रिय र अन्तरराष्ट्रिय मुद्दामा महासभाका क्रममा आफ्नो धारणा स्पष्ट र दरिलो रूपमा राखेको भनी चर्चा एवं प्रशंसा हुनु नेपालका लागि गौरवको विषय हो भने ।

उनले प्रधानमन्त्री शाहले सम्बोधनका क्रममा जलवायु परिवर्तन तथा यसले नेपाल र नेपालजस्ता प्रभावित मुलुकहरूलाई पारेको असरका बारेमा स्पष्टसँग भनाइ राखेको बताए ।

मन्त्री खनालले भने, ‘प्रधानमन्त्रीज्यूले महासभामा सम्बोधन गर्नुभन्दा अघि पनि देशभित्र र बाहिर उत्तिकै चासो थियो । उहाँको सम्बोधनपछि पनि त्यसप्रति विश्वको चासो रहेको स्पष्ट देखियो । राष्ट्रसङ्घीय महासभामा यस पटकको सम्बोधनहरूमध्ये अहिले सबैभन्दा बढी हेरिनेमा यो परेको छ ।’

मन्त्री खनालले नेपालको अवस्था र जलवायु परिवर्तनले पारेको असरका बारेमा प्रधानमन्त्री शाहले सम्बोधनका क्रममा र आफूले अन्य विभिन्न फोरमहरू तथा भेटवार्तामा स्पष्टसँग धारणा राखेको बताए । उनले भने, ‘हामीले महासभामा सहभागिताका क्रममा  नेपालको राष्ट्रिय हितलाई केन्द्रमा राखेर काम गरेर फर्केका छौँ ।’
 

प्रकाशित मिति : १४ आश्विन २०८३, बुधबार  १२ : ४३ बजे

धितोपत्र बोर्डले भन्यो- नेप्से सुधार्न पुनर्संरचना प्रक्रिया अघि बढाउँछौँ

काठमाडौं– नेपाल धितोपत्र बोर्डले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को सुधारका लागि

हिमपातका कारण लार्केपास पूर्ण रुपमा अवरुद्ध

गोरखा– लार्केपास पूर्ण रुपमा अवरुद्ध बनेको छ । गत बिहीबारदेखि

अर्थ समितिमा उठे शेयर बजारका कुरा : आईपीओ स्वीकृतिअघि नेप्से प्रविधि सुधार्न निर्देशन

काठमाडौं- प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिले धितोपत्रसम्बन्धी नयाँ विधेयक तत्काल संघीय

बाढीबाट उद्धार गरिएको गैँडा सौराहाको जनकौलीमा छाडियो

चितवन– सुस्ताबाट उद्धार गरी ल्याइएको पोथी गैँडा सौराहाको जनकौली सामुदायिक

युवावस्थामै कोरोनरी मुटुरोग बढ्दो, डाक्टरलाई प्रश्न- नेपालमा उपचार कत्तिको महँगो छ ?

काठमाडौं– नेपालमा पछिल्लो समय मुटुरोगको समस्या बढ्दै गएको छ ।