साउदीमाथि हुथी आक्रमण रोक्न पाकिस्तान सैन्य सहयोगका लागि तयार « Khabarhub

साउदीमाथि हुथी आक्रमण रोक्न पाकिस्तान सैन्य सहयोगका लागि तयार


१४ आश्विन २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रोम- पाकिस्तानले इरानसमर्थित हुथी विद्रोहीबाट साउदी अरबमाथि हुने आक्रमण रोक्न आवश्यक परे आफ्नो सैन्य क्षमता प्रयोग गर्ने जनाएको छ।

पाकिस्तानका रक्षामन्त्री ख्वाजा मुहम्मद आसिफले मंगलबार रोममा पत्रकारहरूसँग कुरा गर्दै साउदी अरबको सुरक्षाका लागि आवश्यक सबै साधन उपलब्ध गराउन पाकिस्तान तयार रहेको बताएका हुन् ।

उनले यमनमा इरानसमर्थित हुथी समूहविरुद्ध हालै भएका कुनै हवाई आक्रमणमा पाकिस्तान प्रत्यक्ष सहभागी भए वा नभएको स्पष्ट पारेनन्। तर साउदी अरबको सुरक्षाका लागि पाकिस्तानको प्रतिबद्धता स्पष्ट रहेको उनले बताए।

पाकिस्तान, साउदी अरब र टर्कीएबीच हालै भएको पारस्परिक रक्षा सम्झौताअन्तर्गत एक सदस्य राष्ट्रमाथिको आक्रमणलाई तीनै राष्ट्रमाथिको आक्रमणका रूपमा लिने व्यवस्था गरिएको छ।

रक्षामन्त्री आसिफका अनुसार हुथी विद्रोहीले पछिल्ला दिनमा साउदी अरबमाथि क्षेप्यास्त्र तथा ड्रोन आक्रमण बढाएका छन्। हुथीहरूले यमनको लाल सागर तटीय क्षेत्रमा आफ्नो नियन्त्रणसमेत विस्तार गरेका छन्।

उनीहरूले हालै रणनीतिक महत्वको मोखा बन्दरगाह सहर र लाल सागरका केही टापु कब्जा गरेपछि बाब अल–मन्देब जलडमरूमध्यतर्फ आफ्नो पहुँच विस्तार गरेका छन्। विश्व व्यापारको करिब १२ प्रतिशत हिस्सा यही जलडमरूमध्यमार्फत आवतजावत गर्ने भएकाले क्षेत्रमा बढेको तनावले अन्तर्राष्ट्रिय व्यापार तथा समुद्री यातायात प्रभावित हुन सक्ने चिन्ता बढेको छ।

हुथी विद्रोही र इराकस्थित उनीहरूका सहयोगी समूहले साउदी अरबका तेल प्रतिष्ठानमा समेत आक्रमण गरेका छन्। उनीहरूले साउदी तेल बोकेका पानीजहाजलाई बाब अल–मन्देब जलडमरूमध्य प्रयोग गर्न रोक्ने प्रयाससमेत गर्दै आएका छन्।

यसैबीच, पाकिस्तान, टर्कीए र साउदी अरबका सैन्य प्रमुखहरूले केही दिनअघि रियादमा भेटवार्ता गरी हुथी आक्रमणको जवाफ दिने विषयमा छलफल गरेका थिए।

पाकिस्तान, साउदी अरब र टर्कीएले अगस्ट ७ मा मक्कामा संयुक्त रक्षा सम्झौतामा हस्ताक्षर गरेका थिए। तीनै देशले उक्त सम्झौता रक्षात्मक प्रकृतिको रहेको र कुनै विशेष देशलाई लक्षित नगरेको बताएका छन्।

सम्झौताले तेलसम्पन्न साउदी अरब, उत्तर एटलान्टिक सन्धि संगठन (नेटो)को सदस्य टर्कीए र आणविक हतियार भएको पाकिस्तानलाई एउटै सुरक्षा व्यवस्थामा जोडेको छ।

प्रकाशित मिति : १४ आश्विन २०८३, बुधबार  १ : ०७ बजे

छोराको न्याय माग्दै सिंहदरबार पुगिन् अर्जुनकी आमा, भन्छिन्- घटना घटाउन बाध्य पर्नेलाई कारबाही गरियोस्

काठमाडौं– त्रिपुरेश्वरमा भएको सवारी आगजनीको घटनामा मृत्यु भएका बस चालक

बाढीले बगाएर ल्याएको बालुवा र काठ व्यवस्थापन गर्न मनीष झाको आग्रह

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनीष झाले बाढीपहिरोका क्रममा

पाँचथरबाट आङ्देम्बेसहित १० जना कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचित

पाँचथर – नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बे पाँचथरबाट पार्टीको

दोधारा–चाँदनी झोलुङ्गे पुलको प्राविधिक अध्ययन सुरु

महेन्द्रनगर– कञ्चनपुरको महाकालीमा नदीमा अवस्थित दोधारा–चाँदनी झोलुङ्गे पुलको पिल्लर भत्किएपछि

इन्जिनियरिङ पृष्ठभूमिका १७ सांसदसँग प्रधानमन्त्रीको छलफल

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले इन्जिनियरिङ पृष्ठभूमिका १७ जना सांसदसँग बाढीपछिको अवस्था