बाख्रापालक कृषकलाई अनुदान सहयोग « Khabarhub

बाख्रापालक कृषकलाई अनुदान सहयोग


१४ आश्विन २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

भोजपुर– हतुवागढी गाउँपालिकाले स्थानीय कृषकलाई व्यावसायिक बाख्रापालनमार्फत आयआर्जन र स्वरोजगारमा जोड्न अनुदान सहयोग कार्यक्रम सञ्चालन गरेको छ । 

ग्रामीण भेगका बासिन्दाको जीवनस्तर उकास्ने र कृषि तथा पशुपालन क्षेत्रलाई आत्मनिर्भर बनाउने उद्देश्यका साथ गाउँपालिकाले अनुदान सहायता उपलब्ध गराएको हो । 

गाउँपालिकाले गत आर्थिक वर्षमा विनियोजन गरेकोदुई लाख २० हजार रुपैयाँ बजेटबाट स्थानीय पाँच वटा कृषि फार्मलाई प्रत्यक्ष अनुदान सहयोग पुर्‍याएको छ ।  

गाउँपालिकाको पशु सेवा शाखा प्रमुख राजेन्द्रसिंह महराका अनुसार अनुदान पाउने फार्ममा मधुटार कृषि फार्म, धारपानी कागतीखेती कृषि फार्म, न्यु उन्नत कृषि, शिशिर कृषि फार्म र पात्लेपानी कृषि फार्म रहेका छन् । अनुदान सहयोगमा किसानको ५० प्रतिशत लागत साझेदारी रहेको छ । 

स्थानीय तहमा साना तथा मझौला किसानको हौसला बढाउन र परम्परागत पशुपालनलाई व्यावसायिक रूप दिन उक्त कार्यक्रम प्रभावकारी बन्दै गएको छ । 

कृषकबाट प्राप्त उत्साहजनक प्रतिक्रियालाई ध्यानमा राख्दै चालु आवमा अनुदान कार्यक्रमलाई निरन्तरता दिन लागिएको उनले बताए ।  

कार्यक्रमअन्तर्गत कृषकको उत्पादन क्षमता बढाउन उन्नत जातका बोका तथा माउ बाख्रा वितरण गरिएको छ । 

यसका साथै, स्थानीयस्तरमा रहेका पुराना तथा परम्परागत खोरलाई आधुनिक, सफा र व्यवस्थित बनाउन आवश्यक वित्तीय सहयोग पुर्‍याइएको छ । 

बाख्रापालनमा आउनसक्ने महामारीजन्य रोगबाट हुने क्षति रोक्न गाउँपालिकाले खोप सेवासमेत घरदैलोमै पुर्‍याउँदै आएको छ । यसले  कृषकको पशुधन सुरक्षित हुनुका साथै व्यवसायमा उत्साह बढेको छ । 

हतुवागढी गाउँपालिकाका अध्यक्ष प्रेमकुमार राईले गाउँपालिकाभित्र कृषि तथा पशुपालनको प्रवर्द्धनलाई उच्च प्राथमिकतामा राखेर नीति, योजना तथा कार्यक्रम सञ्चालन भइरहेको बताए । 

वैदेशिक रोजगारीमा जाने युवा शक्तिलाई गाउँमै रोक्न र साना कृषकलाई व्यावसायिक बनाएर स्वरोजगार बनाउन पालिकाले विभिन्न प्रोत्साहनका कार्यक्रम ल्याएको उनले जानकारी दिए ।

स्थानीय तहमै अनुदान, उन्नत नस्ल र प्राविधिक सहयोग उपलब्ध हुन थालेपछि गाउँमै बसेर राम्रो आम्दानी गर्न सकिने आशा बढेको किसानको भनाइ छ । रासस 

प्रकाशित मिति : १४ आश्विन २०८३, बुधबार  १ : ५८ बजे

कुरियरमार्फत ल्याइएको गाँजासहित दुई भारतीय पक्राउ

काठमाडौं – लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले अमेरिकाबाट कुरियरमार्फत ल्याइएको

पहिलो हार दशा कटेजस्तै भयो : इशान पाण्डे

काठमाडाैं – सुदूरपश्चिम रोयल्सका ब्याटर इशान पाण्डेले नेपाल प्रिमियर लिग

चक्रवाती आँधी ‘अर्नब’ को सम्भावित प्रभावलाई मध्यनजर गर्दै हवाई सुरक्षा सतर्कता जारी

काठमाडौं – नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले शक्तिशाली चक्रवाती आँधी

सुदूरपश्चिमले पोखरालाई हराउँदा मैदान जे देखियो (तस्बिरहरू)

काठमाडाैं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणअन्तर्गत बुधबार भएको

नभसुरक्षामा नेपाली सेना सक्रिय

काठमाडौं – नेपाली सेनाको हवाई सेवाले दुई लाख घण्टाभन्दा बढी